को आफ्नो को पराई चिन्न पाए हुन्थ्यो भन्दै आए सुरज थापा (भिडियोसहित)

  • ३० फाल्गुन २०७५, बिहीबार १४:१३
  • 5200 Views


Radin NRN

लक्ष्मी विसी, काठमाडौं । गायक तथा संगितकार सुरज थापाको नयाँ गीत धनले होइन मनले सबै चिज किन्न पाए हुन्थ्यो सार्बजनिक भएको छ । अर्जुनरत्न भिकारीको शब्द, सुनिल मास्केको संगितमा रहेको यस गितमा सुनिशा बजगाई र अर्जुनरत्न भिकारीले अभिनय गरेका छन् । गितमा माया पिरतीमा गरिबी तथा अभावको पिडा, समाजमा रहेको धनि गरिब बिचको विभेद लगाएतका कथा समेटिएको छ ।

आफुले सके जति राम्रो गरेको गाएक सुरजको भनाई छ । नेपाल आइडल सिजन १ का टप ६ मा पर्न सफल उनले यसअघि बहुला, ओ प्रिया,तिमी बिना, आएन प्रदेशी, हवाईजहाज जस्ता चर्चित गितहरु बजारमा ल्याइसकेका छन् । उनको पहिलो एल्बम ‘क्रन्दन’ मा आफ्नै शब्द संगितमा ६ वटा गितहरु सार्वजनिक भइसकेका छन् ।

उनको पहिलो साङितिक एल्बम क्रन्दन मा समाबेश बहुला हुँ म बहुला भन्ने गीत निकै चर्चित पनि बन्यो । बाल्यकाल देखी नै गित संगितमा तल्ल्नीन उनले संगीतमा संघर्श गरिरहेका छन् । भविश्यमा पनि यो क्षेत्र बाहेक अरु क्षेत्र कल्पना पनि नगरेको उनको भनाई छ । उनी तिम्रो सुर मेरो गीत, बागिना, नेपाल स्टार, नेपाली तारा – २ गर्दै ईण्डियन आइडल ९ को तेस्रो राउन्ड सम्म पुगिसकेका छन् ।

बा आमाको छोरा लाहुेर होस भन्ने चाहना थियो तर सानै देखी संगितमा गहिरो रुची भएकाले म यसै क्षेत्रमा भविस्य खोजीरहेको छु उनले भने संगित बिना मेरो जिवन अधुरो छ ।

Avatar

Next Story