बब्लु र रुबिनाले कहाँ ‘जाउँला बरीलै’ भने (भिडियोसहित)

  • २९ फाल्गुन २०७५, बुधबार १७:२३
  • 715 Views
Radin NRN

काठमाडौं ।  लोकदोहोरी गायिका बिष्णु माझी र गायक भागीरथ चलाउनेको आवाजमा लोकदोहोरी गीत ‘जाउँला बरीलै’ बजारमा आएको छ । भिडियोसहित बजारमा आएको उक्त गीतलाई निकै कम समेमा दर्शक, श्रोताले अत्यधिक रुचाएका छन् । आवाज, गीतमा भरिएका प्रत्यक शब्द र कलाकार देवेन्द्र बब्लु,रुविना अधिकारीको जिबन्त अभिनयलेपनि गीतलाई निकै उत्कृष्ट बनाएको छ ।

गीतमा यस्ता शब्द छन् ‘थर मिलेन मन मिल्छनी चिना मिल्दैन र, मनमिल्नेसंग जुनी काट्न किन मिल्दैन र ?
मेरो माया तिम्लाई हो जुनी, जुनीभरीलाई, यो समाज त के होर देशै छोडी जान परे जाउला बरीलै’

एकअर्काकालाई माया गर्ने जोडीलाई समाजले स्विकार गर्न नमानेपछिको यथार्थलाई गीतमा समेटिएको छ । जात नमिलेर समाजले छुटाउन खोज्दाखोज्दैपनि भागेर धेरै टाढा गएर अर्को आफ्नो अलग्गै संसारमा रमाउला, एकअर्कालाई हरेक मोडमा साथ दिउला यस्तै भावलाई अभिनयमा उतारेका छन् देवेन्द्र र रुविनाले । गीत अहिलृ युट्युव ट्रेन्डिङ्को ४६ नम्बरमा परेको छ ।

गीतलाई अहिले सुन्ने र हेर्नेजतीले यो बर्षर्कै उत्कृष्ट गीतहरु मध्य एक मानिरहेका छन् । सन्तोष विसी र भिम लामाको शब्द तथा स्वयं गायक भागीरथ चलाउनेको संगीत रहेको छ ।

गीतको म्युजिक भिडियोका पक्ष पनि निकै उत्कृष्ट रहेको छ । गीतमा देवेन्द्र ,रुविनासंगै कल्याण कार्की, जुना कार्की र हरिडे कार्कीको अभिनय रहेको छ भने प्रविण भट्टको निर्देशन रहेको छ ।

Avatar

Next Story