रेशमको परिवारलाई युएईबाट १ लाख ८८ हजार सहयोग

  • २३ फाल्गुन २०७५, बिहीबार ०९:५७
  • 4381 Views
Radin NRN

माधव न्यौपाने, युएई । कालीगण्डकी ५ ताँप स्याङ्गजा निवासी रेशम न्यौपाने को परिवारलाई सयहोग रकम हस्तान्त्रण भएको छ । रोजगरिको शिलशिलामा बिभिन्न ठाउबाट युएईमा रहेका नेपालीहरुले संकलन गरेको रकम उनलाई हस्तान्त्रण गरिएको हो ।

रेशमको परिवारलाई श्रिकृष्ण गण्डकी सहयोग समाज युएईले १ लाख ३१ हजार १ सय ३० रुपैया सहयोग गरेको छ । त्यस्तै स्याङ्गजा सहयोग समाज युएईले ३७ हजार २ सय ३७ रुपैंया, अन्तराष्ट्रिय महिला समाज युएईबाट १० हजार रुपैंया सहयोग मिलेको छ ।

यस्तै नेपाली सहयोगी हातहरु युएईले १० हजार गरि जम्मा १ लाख ८८ हजार ३ सय ६७ रुपैया सहयोग गरेका हुन । सहयोग रकम कालि गण्डकी गाउ पालिकाका अध्यक्ष खिम बहादुर थापा सहित गाउलेको उपस्थितिमा हस्तान्त्रण भएको हो ।

रेशमकी ३५ बर्षकी श्रिमति अन्जु न्यौपाने को सुत्केरी भएको १४ दिनमा मृत्यु भएको थियो । अन्जुको उपचारका क्रममा युनाईटेड मिसन हस्पिटल पाल्पामा मृत्यु भएको हो । उनका ११ र ४ बर्षका दुई छोरी र डेड महिनाका छोरा छन ।

रेशमको घरको आर्थिक अवस्था अत्यान्तै कमजोर रहेको छ। अन्जुको मृत्यु भए संगै आफ्ना नाबालक छोरा, छोरीको पालनमा समस्या रहेको भन्दै रेशमले सबैसंग सहयोगको आग्रह गरेका थिए ।

Avatar

Next Story