बेसहाराकी एक सहाराः एन्जल थापा

  • २१ फाल्गुन २०७५, मंगलवार १५:२७
  • 8099 Views
Radin NRN

काठमाडौँ । भनिन्छ “सेवा नै धर्म हो ।” मानव सेवा, समाज सेवा, बालबालिका तथा वृद्धबृद्धाको सेवा, अपांगता भएका व्यक्तिहरुको सेवा, बिभिन्न समस्याबाट ग्रसित भएका मानिसहरुको सेवा । सेवा निस्वार्थ सहयोग हो ।

अझै भनौ अप्ठ्योरोेमा परेकाहरुलाई सहयोग गर्नु सेवा हुन जान्छ । समाज सेवा के हो भन्ने कुरा स्पष्ट नभए पनि हाम्रो सभ्यतामा समाजसेवा प्रशंसनीय कार्य र समाज सेवी आदर्श व्यक्ति हो भन्ने ठानिन्छ । महान वैज्ञानिक अलबर्ट आइन्सटाइनले पनि अरुको सेवामा समर्पित जीवन मात्र बाँच्न लायक जीवन हुन्छ भनेका छन् ।

महात्मा गान्धीले पनि आफूलाई भेटाउने सबैभन्दा उत्तम तरिका आफूलाई अरुको सेवामा समर्पित गरिदिनु हो भनेर भनेका थिए । पछिल्लो समय नोपलमा पनि समाज सेवा या मानविय सेवा गर्नुपर्छ भन्ने चेत धेरैमा छ । धेरै व्यक्ति धेरै तरिकाबाट सेवा गरिरहेका छन् । फरक यत्ति हो कोहि आफ्नो व्यक्तिगत स्वार्थका लागी त कोहि सेवाकै लागी भनेर सेवा गरिरहेका छन् ।

पछिल्लो अवस्थामा बिभिन्न दुःख कष्टमा परेका व्यक्तिहरुका लागी सहयोग भन्दै देश तथा बिदेशमा सहयोग अभियान सञ्चालन भैरहन्छन् । यसले पिडितहरुलाई निकै ठुलो राहत मिलिरहेको हुन्छ । प्राय नेपालबाट चलाइने यस्ता सहयोगका अभियानहरु बिदेशमा बस्ने नेपालीलाई तार्गेट बनाएर चलाईन्छ । धेरै संख्यामा अहिले नेपालीहरु बिदेशमा छन् ।

उनिहरु बिदेशमा बस्दै गर्दा धेरैे थोरै आर्थीकरुपमा अब्बल हुन्छन् भन्ने सोचाई पनि छ । तर व्यक्तिगतरुपमा मानव सेवामा लाग्नेहरु निकै न्युन छन् । ति मध्ये एक जना महिला एन्जल थापा अहिले यस्तै सेवामा छिन् । काठमाडौंको अनामनगरमा घरभै हाल अमेरिकामा बस्दै आएकी थापा केहि समय अगाडी नेपाल फर्केर बिभिन्न सेवाहरु गरिरहेकी छन् ।

करिव दश बर्षको अमेरिका बसाई पछि केहि समय अगाडीमात्रै नेपाल आएकी थापाले गरिव दुःखी, असहाय, र अनाथ बालबालीका तथा बृद्धहरुलाई बिभिन्न खाले सहयोग गरेकि छन् । केहि समय अगाडी उनले लुम्बीनि बौद्ध मन्दिरमा दर्शन गर्न जानेक्रममा ३० जना बेसहारा बृद्धाबृद्धलाई लत्ता कपडा देखि खाने कुराको सहयोग गरिन ।

यस्तै उनले काठमाडौंस्थित आमाघरमा पुगेर समेत अनाथ बालबालीका तथा बृद्धा आमाहरुलाई सहयोग गरिन । अनाथ बालबालीका जो शारिरीकरुपमा अशक्त वा बिभिन्न खाले समस्याले ग्रसित भएका कालिञ्चोकमा २, झापा, काकडभिट्टामा ३ जनालाई लुगा कपडा साथै औषधि उपचारका लागी केहि आर्थीक सहयोग गरेको उनि बताउछिन् ।

उनि भन्छिन् १० औ बर्षपछि आफ्नो देश फर्किदा असहाय र अशक्तहरुलाई देख्दा सहयोगको भावाना पलायो, थोरै भएपनि सहयोग गर्न सके आफ्नै मनलाई पनि शान्तिको आभाष गरे । झापाको दमक नगरपालीका स्थित शान्तिनगर की २ वटै मृगौला फेल भएकी एक जना किशोरीलाईलाई आर्थीक सहयोग पनि गरे उनले बताइन ।

यस्तै जनकपुरमा १० जना सडकमा बस्नेहरुलाई केहि समयका लागी गास बास र कपासको व्यवस्था होस भनेर केहि आर्थीक सहयोग गरिन । त्यसका साथै काठमाडौं साली नदिमा १० जनालाई आर्थीक सहयोग गर्दा खुसिको महसुस गर्छिन उनि ।

Avatar

Next Story