पाँच अङ्कले घट्यो शेयर बजार

  • १९ फाल्गुन २०७५, आईतवार १७:२७
  • 1599 Views


Radin NRN

साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ विन्दुले घटेर २३३.८८ विन्दुमा कायम भएको छ ।

स्टकका अनुसार कूल १७४ कम्पनीको आठ लाख ७३ हजार ४९५ कित्ता शेयर २३ करोड ५३ लाख २० हजार ९४० मूल्यमा खरीद बिक्री भए । कारोवार भएका दश उपसमूह मध्ये आज दुई उपसमूहको शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेका छन् ।

Avatar

Next Story