गायिका गंगा गजमेरको रोमान्टिक गीत ‘हाँंसेर’ युट्युव मार्फत् सर्वजनिक

  • १८ फाल्गुन २०७५, शनिबार ०८:०७
  • 572 Views
radionrn

गायिका गंगा गजमेरको रोमान्टिक गीत ‘हाँंसेर’ युट्युव मार्फत् सर्वजनिक भएको छ ।  ‘सालको पात टपरी हुने’ गीतबाट मज्जाको प्रतिक्रिया पाएकी नायिका तथा मोडल मरिष्का पोख्रेलको अभिनय रहेको म्यूजिक भिडियोमा मरिष्कालाई नायक तथा मोडल नरेन खड्काले साथ दिएका छन् ।

संगीता थापाको शब्दमा मानशी किरणले मज्जाको संगीत भरेका छन् र एरेन्जमा पनि किरणकै रहेको छ  । यो गीतको म्युजिक भिडियोलाई जेबिआर सनमले निर्देशन गरेका हुन् ।

हासेर बोलको गीत निकै रोमान्टिक गीत रहेको गायिका गंगा बताउछिन । गीतको भिडियोलाई हामीले फरक तरिकाले बनाएका छौँ । शब्द तथा संगीतको हिसाबमा पनि निकै राम्रो भएको छ । गंगा यस गीतले दर्शकरश्रोताको मन जित्नेमा विश्वस्त छिन् ।

उक्त भिडीयोलाइ जगत रेग्मीले कोरियोग्राफर गरेका छन् भने भिडियोलाई रेशम दर्लामीले खिचेका हुन् । मनोज सुबेदीले ड्रोन चलाएको भिडियोलाई श्याम कुँवरले सम्पादन गरेका छन् ।

Avatar

Next Story