आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायरमा नेपालद्धारा कुवेत ३० रनले पराजित

  • १५ फाल्गुन २०७५, बुधबार १३:१५
  • 1742 Views
Radin NRN

थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसियामा नेपालले अन्तिम खेलमा कुवेतलाई पराजित गरेको छ । कप्तान रुविना क्षेत्रीले ह्याट्रिक विकेट लिएको खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको हो ।

रुविनाले खेलको अन्तिम ओभरको अन्तिम ३ बलमा विकेट लिँदै ह्याट्रिक विकेट लिइन् । रुविनाले नेपालको जितबा अलराउण्ड प्रदर्शन गरिन् । आक्रमक ब्याटिङ गर्दै १३ बलमा २२ रन बनाएकी रुविनाले ३ विकेट लिएकी हुन् ।  ७ राष्ट्र सम्मिलित प्रतियोगिता नेपालले पाँच जित हात पारे पनि ग्लोबल क्वालिफायर पुग्ने सम्भवना भने लगभग सकिएको छ।

एक खेल खेल्न बाँकी रहेको थाइल्याण्ड र नेपालको समान १० अंक भएको छ । तर थाइल्याण्डको रनरेट नेपालको भन्दा राम्रो छ । र आजै थाइल्याण्डले युएईसँग खेल्नेछ । उक्त खेल जितेमा थाइल्याण्ड अपराजित रहँदै ग्लोबल क्वालिफायर पुग्नेछ ।

Avatar

Next Story