बिन्दुको “घरबार” ११ लाखमा, चुलिदो चर्चा

  • १४ फाल्गुन २०७५, मंगलवार १३:३६
  • 1339 Views


Radin NRN

काठमाडौं । गायिका बिन्दु परियारको ‘घरबारमा’ बोलको गीत सार्वजनिक भएसंगै गीतले राम्रो चर्चा पाउन सफल भएको छ । गीतको भिडियोे नेपालको युट्युबको ट्रेण्डिङमा छ । यो गित अहिले सर्वत्र चर्चामा रहेको छ ।

गीतले सामाजिक सञ्जाल लगाएत टिकटकमा समेत राम्रै प्रभाव जमाएको छ । बिन्दुको स्वरमा कृष्ण कार्कीले साथ दिएका छन् । गीत युट्यूबमा अपलोड भएको २ साता पुग्नै लाग्दा करिव ११ लाख पटक हेरिएको छ ।

यो समाचार तयार पर्दासम्म उक्त गीतको भिडियोमा १ हजार ५ सय ५३ प्रतिक्रिया जनाइएको छ । भने गीतमा २१ हजार लाईक अर्थात मन पराइएको छ । धेरैजसो दर्शकले गीतको खुलेरै प्रसंसा गरेका छन् ।

गीतमा शब्द र सङ्गीत सन्तोष सुनारको रहेको छ भने एरेन्ज रिकेश गुरुङको रहेको छ । टेकेन्द्र शाहको निर्देशन र सम्पादनमा तयार भएको गीतको भिडियोलाई राजिव समरले कोरियोग्राफी गरेका हुन् ।

गीतको भिडियोमा नेपाली चलचित्रमा क्षेत्रमा चर्चामा रहेको आप जोडीको अभिनय छ । धेरैले मन पराएको नायक पल शाह र नायिका आँचल शर्माले गीतमा निकै राम्रो अभिनय गरेको दर्शकको टिप्पणी छ ।

Avatar

Next Story