दुवई अस्पतालमा ८ दिन देखी अचेत अवस्थामा नेपाली,आर्थिक अभाव, सहयोग गरिदिन आग्रह

  • १० फाल्गुन २०७५, शुक्रबार १७:३०
  • 793 Views


Radin NRN

माधव न्यौपाने,युएई काभ्रे माझिफेदा (७ कि कमला गिरिको युएई स्थित दुवई हस्पिटलमा पुर्ण रुपमा अचेत अवस्थामा उपचार भैरहेको छ। दश दिन अगाडि ज्वरो आए पछि सामान्य औषधि लिगेको र साझ खुट्टा दुखेपछि अल रफ्फा हस्पिटल लगेको कमलाका श्रीमान बिमल गिरिले बताउनुभयो । अल रफ्फा हस्पिटलमा चेकजाच गर्दा ब्लड क्यान्सरको लक्षण हुनसक्ने भने पछि कमलालाई रसिद हस्पिटलमा लगेको बिमलले बताउनुभयो ।

रसिद हस्पिटलले युकेमाई ब्लड क्यान्सर भएको भने पछि अहिले कमलाको दुवई हस्पिटलको आईसियुमा उपचार भैरहेको छ। कमला ८ दिन देखि पुर्ण रुपमा अचेत अवस्थामा छन । कमलाको उपचारमा दैनिक ३ हजार दिरामको हाराहारिमा खर्च भैरहेको कमलाका श्रीमान बिमलले नेपाली रेडियो नेटवर्कलाई बताउनुभयो । आफु सामान्य कम्पनिमा सेल्समेन को रुपमा काम गर्ने हुदा श्रीमतिको उपचारका लागि कठिन अवस्थामा रहेको भन्दै उपाचारमा सहयोग गरिदिन बिभिन्न संघ(सस्था तथा व्यक्तिलाई आग्रह समेत गर्नुभयो ।

बिमल र कमला १२ बर्ष देखि युएईमा संगै बस्दै आएका छन् । अहिले उनिहरु संगै ४ बर्षकि छोरी पनि साथमा रहेकि छन। श्रीमति बिरामी भएपछि छोरीलाई स्कुल पढाउन समेत समस्या भएको बिमलले बताउनुभयो ।

Avatar

Next Story