बेचविखनको उच्च जोखिममा बालबालिका

  • १० फाल्गुन २०७५, शुक्रबार १४:५०
  • 1183 Views


Radin NRN

लक्ष्मी विसी , भनिन्छ ‘बालबालिका देशका कर्णद्धार’ हुन् । आजका बालबालिका भोलीका देशका दरिला खम्बा हुन । उनिहरुलाई जस्तो बातावरणमा हुर्कायो त्यस्तै बन्ने गर्दछन् । शिक्षा, दिक्षा, पालनपोषण पारिवारिक वातावरण लगाएतका विभीन्न कारणले बालबालिकाहरु समस्यामा पर्ने गरेका छन् भने बेचविखनको उच्च जोखिममा समेत रहेका छन् । भारत संग सिमा जोडिएको बाँके जिल्लामा खुला सिमाका कारण बालबालिकाहरु हराउने, बेचविखनमा पर्ने गरेका छन् । जसले गर्दा पढ्ने, लेख्ने उमेरका बालबालिकाहरु विभीन्न प्रलोभन र विश्वासमा परेर रुपहिडिया नाका हुदै भारत लगाएतका खाडी मुलुकहरुमा बेचविखनमा पर्ने गरेका छन् ।

गरिबी, पारिवारिक वातावरण, साथीभाइको दबाब, पढ्न गाह्रो भएर, ,घुम्न डुल्न, मिठो खाने राम्रो लाउने आशमा बालबालिकाहरु दलालको फन्दामा पर्ने गरेका हुन् । माग्ने काममा लगाउन, सर्कसमा प्रयोग गर्न, देवी देवताको नाममा चढाउन, अनैतिक पेशामा संलग्न गराउन, धर्मपुत्र, धर्मपुत्री राख्न बालबालिकालाई किनबेच गर्ने गरिन्छ । घरको पारिवारिक वातावरण नमिल्दा धेरै बालबालिकाहरु घर छोड्ने गरेका छन् ।

मध्य र सुदुरपस्चिमका अछाम, बाजुरा, डोटी, जाजरकोट,कालिाकोट लगाएतका ग्रामिण क्षेत्रका विभीन्न स्थान बाट जिल्ला बाहिर ,देशकै अन्य शहर तथा भारतमा बालबालिकाहरु विभीन्न प्रलोभनमा परि जाने गरेका छन् । खासगरि कर्णाली प्रदेश मध्ये तथा पस्चिमका दुर्गम जिल्लाहरु बाट सानै उमेरमा बालबालिकाहरु कमाउन जानुपर्ने,घरको जिम्मेवारी लिनुपर्ने, साथीसंगीको लहलहैमा लागेर भारतमा (कालापार) जाने क्रम बढ्दो छ ।

गरिबी, अशिक्षाका कारण घर परिरवार समाजमा चेतनाको कमीले छोराछोरीलाई गर्ने ब्यवहारमा फरक छ । सामाजिक पारिवारिक बातावरणका कारणले बालबालिकाहरु घर छोडेर,गाउँ देखी शहर , शहर देखी विदेश जाने रहर र प्रलोभनका कारण बालबालिकाहरु बेचविखनमा पर्ने गरेका छन् । विशेष गरि घरको बातावरण नमिल्दा बालबालिकाहरु पढाइमा तेज नहुने, विभीन्न किसिमको कुलतमा लागी मानव दलालको फन्दामा समेत पर्ने गरेका छन् । अशिक्षित र अन्धपरम्परामा रुमलिएको समाजमा विशेष गरि बालिकाहरु विद्यालय तहको पढाइ पुरा गर्न नपाउदै बिहेको कुरा चलाउने र जबरजस्ती बिहे गरिदिने दबाबका कारण कतिपय बालिकाहरु घर छोड्ने गरेका छन् ।

जसले गर्दा घरको वातावरण बाट मुक्त हुन र आर्थिक आय आजर्न गर्ने आशमा बालिकाहरु नचिनेको मानिसको प्रलोभनमा पर्ने गरेका छन् । भारत जादा वा भारत हुदै अन्य मुलुकमा बसाइसराइ गर्दा युवा तथा बालबालिकाहरुमा शोषण तथा बेचविखन हुने गरेका छन् । एक तथ्यांक अनुसार बर्षेनी १५ हजार महिला तथा बालबालिकाहरुको भारतमा बेचविखन हुने गर्दछ भने ब्यवसायिक यौन शोषणका लागि ७ हजार ५ सय जतिको देश भित्रै बेचविखन हुने गर्दछ ।

संसारमा प्रत्येक बर्ष ८ लाख मानिसहरुको अन्य मुलुकमा तश्करी हुने गरि पठाइएको छ भने लाखौ मानिसहरुको देशभित्रै बेचविखन हुने गरेको छ । मानव तस्करमा संग्लन मानव दलाहरु बालबालिकाहरुलाई विभीन्न प्रलोभनमा पारेर बेचविखन गर्ने गरेका छन् । बाँकेको रुपहिडिया कपिलबस्तुको कृष्णनगर, सुनसरीको भण्डाबारी, महोत्तरीको मटिहानी,दाङको कोयलाबास, सर्लाहीको सोनबर्षा, कन्चनपुरको बनबासा लगाएतका नाकाहरुको प्रयोग गरेर मानव दलालहरुले नेपाल बाट भारत तर्फ बालबालिकाहरुलाई लैजाने गरेका छन् । दलालहरुले बालबालिकाहरुलाई भारत लगाएतका विभीन्न देशहरुमा लगेर श्रम शोषण ,दुब्र्यवहार तथा यौन शोषण गर्ने गरेका छन् ।

विशेष गरि सिमानाकाहरुमा विभीन्न संघ संस्थाका सेल्टरहरु रहेका हुन्छ्न । बाँकेमा मात्र १० वटा जति सेल्टरहरु रहेका छन् । ति सेल्टरहरुले महिलाहरु सिमा पार गर्न लाग्दा ध्यान दिएर सोधपुछ गरे पनि साइकल तथा एक्लै हिडिरहेका बालबालिकाहरुलाई ध्यान नदिने गरेका छन् । घरको अवस्था कमजोर हुनु, पैसा कमाउने आशमा बालबालिकाहरु बेचखिनमा पर्ने गरेको साथी संस्थाका उपाध्यक्ष सरितादेवी शर्माले जानकारी दिनुभयो ।

बेचविखनमा पर्नेहरु अधिकांश गरिब उपेक्षित तथा ग्रामिण बालिकाहरुलाई राम्रो काम र आर्कषक तलब, विवाह तथा सुन्दर जीवनको लोभमा फंसेको पाइएको छ । कतिपय बालिकाहरुलाई दलालहरुले घर, विद्यालय तथा कारखानाहरु बाटै जवरजस्ती लगेको पाइन्छ । अझ केही बालिकाहरुलाइ त उनीहरु भारतका वेश्यालयमा वा अरब तथा अन्य देशमा पुगी यौन तथा शोषणयुत्त श्रममा लाग्न बाध्य भएपछि मात्र आफूहरु बेचविखनमा परेको कुरा थाहा हुन्छ । बेचविखनमा परेका कूल बालिका तथा महिला मध्ये ३५ प्रतिशतलाई अपहरण गरी बेचविखन गरेको अनुमान गरिएको छ । ती मध्ये केही भने आफ्नै आफन्त तथा अभिभावकबाट बेचिएका छन् । त्यसै गरी केही बालबालिकाहरुलाई उनीहरुकै अभिभावकले दलालहरु मार्फत सर्कसमा बेचेका घटनाहरु छन् । बेचविखनमा परेका पीडितहरु मध्ये सीमान्तीकृत समूह र दलित तथा गरिबी , अशिक्षित समुदायका बालबालिकाहरु रहेका छन् ।

यी समुह तथा समुदायका बालबालिका तथा महिलाहरु बेचविखनमा पर्ने प्रमुख कारणहरु उपेक्षित हुनु , सचेतनाको अभाव, गरीवी तथा न्यून साक्षरता रहेका छन् । मानव बेचविखनकै कारणले नेपालमा एचआइभी एड्सको प्रकोप फैलिनका लागि उपयुक्त वातावरण सिर्जना भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आ.ब.०७२÷०७३ मा ११ वटा मुद्धा दर्ता भएका छन् । २०७३÷०७४ मा १७ वटा मुद्धा दर्ता भएका छन् भने आ.ब.०७४÷०७५ २३ वटा मुद्धा दर्ता भएका छन् । आ.ब.०७५÷०७६ माघ मशान्त सम्म २ वटा मुद्धा दर्ता भएकोमा एक जना मात्र पुरुष रहेको बाँके प्रहरीले जनाएको छ । मानव वेचविखनको अवस्था हेर्दा दिन प्रतिदिन बढ्दै गइरहेको डर लाग्दो तथ्यांक देखीन्छ ।

बालबालिकालाई सर्कस उंट दौड, घरेलु श्रम, कारखाना, जडी भर्ने काममा लगाउन बेचविखन गर्ने गरेका छन् । पारिवारिक माया स्नेह दिएर असल शिक्षा दिन सके बालबालिकाहरु बेचविखनमा कमी हुने थियो ।  बाँकेमा गत बर्ष मात्र महिला तथा बालबालिका हराएको भन्दै माइती नेपालमा खोजतलासको लागि ४ सय ४० वटा निवेदन परेको माइती नेपालका कार्यक्रम संयोजक केशब कोइरालाले बताउनुभयो । जसमध्ये ४४ जना मात्र भेटीएका छन् विशेष गरि बाँके, बर्दिया, दाङ, सुर्खेत र सल्यान लगाएतका क्षेत्र बाट बालबालिकाहरु हराएको भन्दै निवेदन पर्ने गरेको उहाँले बताउनुभयो । बालबालिकाहरुलाई श्रम शोषण र यौन शोषणका लागि बेचविखन हुने गरेको उहाँको भनाइ छ ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न बनेको ऐन २०६४ मा बेचविखन सम्बन्धी बनेको ऐनमा बेचविखन गरिसकेको अवस्थामा किन्ने वा बेच्नेलाई २० बर्ष कैद र २ लाख जरिवाना हुने प्रावधान रहेको छ । बेश्यालयमा लगाउनेलाई १० देखी १५ बर्ष कैद र ५० हजार देखी १ लाख सम्म जरिवाना हुने ब्यवस्था रहेको छ । नेपालमा यस्ता किसमको गम्भीर अपराधलाई राज्यले खासगरी प्रथम पल्ट लिखित कानुन निर्माण भएको मानिने मुलुकी ऐन १९१० वाट उपचार दिने गरि मानव बेच–बिखन गर्ने कार्यलाई रोक लगाएको थियो । तर समस्याले झन झन विकराल रुप लिदै गइरहेको छ ।

Avatar

Next Story