डीपीएल क्रिकेटमा धनगढी स्टार्स एक खेल नजिती बाहिरियो, अत्तरिया र महेन्द्रनगर प्लेअफमा

  • ६ फाल्गुन २०७५, सोमबार १८:१२
  • 806 Views


Radin NRN

सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा स्थान पक्का गरेको छ ।
आफ्नो चौथो खेलमा विराटनगर किंग्सलाई १० रनले पराजित गर्दै अत्तरियाले समूहको अन्तिम खेलअघि प्लेअफमा स्थान बनाएको हो ।
यता पराजयसँगै विराटनगर भने बाहिरिएको छ । विराटनगरले ५ खेलबाट ४ अंक जोडेको छ। ४ अंक नै जोडेको महेन्द्रनगर युनाइटेड भने विराटनगरलाई रनरेटमा पछि पारेर प्लेअफमा पुग्यो ।

काठमाडौं गोल्डेन्स र अत्तियाबीच हुने समूहको अन्तिम खेलअघि नै प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ । यसअघि दुई संस्करणको च्याम्पियन धनगढी स्टार्स यसवर्षको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा एक खेल नजिती बाहिरिएको छ ।

फाप्ला क्रिकेट मैदानमा आज भएको खेल पनि धनगढीले रुपन्देही च्यालेन्जर्ससँग ३९ रनले पराजित हुँदै गुमाएपछि प्रतियोगिताका सबै तीन खेल हारमा टुंग्याएको हो । धनगढीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो । मैदान ओसिलो भएका कारण आज ढिलो गरी सुरु भएको खेल १५ ओभरमा छोट्याएको थियो ।

रुपन्देहीले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुदा उसले ६७ रन मात्रै बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले १५ ओभरमा सबै विकेटको क्षतिमा १०६ रन जोडेको थियो ।

Avatar

Next Story