भारत प्रसासीत जम्मु–काश्मिरमा पुनः गोली हानाहान

  • ६ फाल्गुन २०७५, सोमबार १८:०७
  • 1378 Views
Radin NRN

भारत प्रसासीत जम्मु–काश्मिरमा पुनः आज गोली हानाहान हुँदा भारतीय सेनाका चार जना मारिएका छन् । भने एक जना सैनिक घाइते भएका छन् । पुलवा जिल्लाको पिंगलेना भन्ने स्थानमा विद्रोही लडाकुहरु लुकेर बसेको सूचना पाएपछि सेना त्यस क्षेत्रमा परिचालित भएको थियो । त्यहीबेला नै गोली हानाहान भएको हो ।

अहिले गोली चल्न रोकिए पनि सेनाले घेराबन्दी गरेर अपरेशन जारी राखेको छ । प्रहरीका अनुसार सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरेका छन् ।
गत हप्ता बिहीबार सेनाको एक टुकडीमा विद्रोहीले आक्रमण गरेपछि सेनाको संयुक्त टिमले कारबाही अभियान चलाइरहेको छ ।

Avatar

Next Story