कामनासेवा विकास बैंक लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनि लिमिटेडबिच बैंकासुरेन्स संझौता

  • ३ फाल्गुन २०७५, शुक्रबार १७:५१
  • 884 Views
radionrn

कामनासेवा विकास बैंक लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनि लिमिटेडबिच आज बैकस्योरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा नेपाल लाईफ प्रिमियर कम्पनि लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् . सम्झौतासंगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु
लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा बिकस बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेत र प्रिमियर इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुद्युम्न प्रसाद उपाध्यायले हस्ताक्षर गर्नु भएको छ ।

काठमाण्डौ- ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशको विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ . साथै बैंकले ABBS, Internet, Banking, Mobile Banking C- ASBA ,लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्गसेवाहरु उपलब्ध गराउदै आएको तथा समय सापेक्ष आफ्नासेवाहरुथप गर्दैजाने बैंकको योजना रहेको छ ।

Avatar

Next Story