नाइजेरियामा भागदौडः १५ व्यक्तिको मृत्यु

  • २ फाल्गुन २०७५, बिहीबार १८:३२
  • 2158 Views


Radin NRN

नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी र्र्यालीमा भएको भागदौडमा परी १५ व्यक्तिको मृत्यु भएको छ ।  घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएर बुधबार सम्ममा १५ पुगेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

घाइतेहरुलाई उपचारका लागि लगिएको पोर्ट हार्रकोर्ट शिक्षण अस्पतालका प्रवक्ता केम डानिएल इलेबिगाले जारी गरेको वक्तव्यमा १५ जनाको मृत्यु भएको जानकारी दिइएको छ ।

मारिएका तीन जना पुरुष र १२ जना महिला रहेका पनि वक्तव्यमा जानकारी दिइएको छ । घटनामा परी घाइते भएका मध्ये १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । तीन जनालाई भने उपचारपछि घर पठाइसकिएको अस्पतालले स्रोतले जानकारी दिएको छ ।

Avatar

Next Story