नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’

  • २ फाल्गुन २०७५, बिहीबार ०९:४७
  • 1014 Views
radionrn

सरकारले ‘जनताको जलविद्युत आयोजना’ कार्यक्रम घोषणा गर्ने भएको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले आज कार्यक्रम घोषणा हुने जानकारी दिनुभएको छ । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्दै हुनुहुन्छ ।

मन्त्री पुनले जनताको छरिएर रहेको पूँजी परिचालन गर्ने योजना रहेको पनि स्पष्ट पार्नुभएको छ । स्वदेशी लगानीमै नेपाल भित्र ३ हजार मेघावाटभन्दा बढि जलविद्युत आयोजना संचालन गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारले सो कार्यक्रमको औपचारिक घोषणा गर्न लागिएको हो ।

कार्यक्रमका लागि आवश्यक कानुनी र संरचना तयार भएकाले कार्यान्वयनका लागि सो कार्यक्रम संचालनमा ल्याउन लागिएको पनि मन्त्री पुनले स्पष्ट पार्नुभएको छ ।

‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको सेयरधनी’ भन्ने मूल नारा तय गरिएको सो कार्यक्रम अन्तरगत सरकारले ३ हजार ७ सय ७९ मेघावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ ।

Avatar

Next Story