प्रेम दिवसमा गगन थापाको यस्तो छ योजना र परिभाषा

  • २ फाल्गुन २०७५, बिहीबार ०९:२२
  • 4199 Views
radionrn

नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले विवाह अगाडी र पछाडीको प्रेमको परिभाषा र बुझाईमा फरक पर्ने बताउनु भएको छ ।
भ्यालेण्टाइन डेका अवसरमा बोल्दै उहाँले विवाह अघि प्रेमलाई बढी भावनात्मक रुपले लिने गरिएको र विवाहपछि व्याहारिक रुपले लिने गरिएको अनुभव सुनाउने भयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीमा युवा नेता थापाले विवाह भएको समय जति धेरै हुदै गयो आफ्नो जीवनसाथी त्यति एक अर्काको भरोसाको साथी बन्दै जाने गरेको बताउनु भयो ।

“उमेरका अनुसार प्रेमको परिभाषा फरक हुदो रहेछ,” उहाँले भन्नुभयो, “दुःखमा साथ दिने कुरामा नै प्रेमको अर्थ रहन्छ ।” व्यस्तताका बीचमा पनि मौका मिलाएर पारिवारसँग समय विताउने गरेको बताउदै उहाँले आज प्रेम दिवसको अवसरमा छुट्टै र खास योजना भने नरहेको स्पष्ट पार्नुभयो ।

नेपाली युवाहरुका बीचमा निकै लोकप्रिय युवा नेता थापाले काँग्रेसकै पुराना नेता अर्जुनरसिंह केसीकी छोरी डा. अन्जना केसीसँग प्रेम विवाह गर्नुभएको हो ।

नेता थापाले श्रीमतीसँगै आफन्तसँग पनि आ आफ्नै प्रेम सम्वन्ध रहेको पनि नेपाली रेडियो नेटवर्कसँगको कुराकानीमा बताउनु भयो ।

Avatar

Next Story