नवलपरासी । नवलपुरमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यू भएको छ ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोती नगरपालिका १६ डण्डामा पश्चिमबाट पुर्व आउदै गरेको बा ३ ख ९१५८ नम्बरको दुध बोक्ने ट्ंयाकरले विपरित दिशामा रहेको बा २८ प २०३१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाईकलमा सवार ४० बर्षिय युबराज घिमिरे र ३६ बर्षिय पिताम्बर पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाईते उनीहरुको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।