प्रहरीलाई कसैको दबाब र प्रभावमा नपर्न प्रधानमन्त्री ओलीको निर्देशन

  • २९ माघ २०७५, मंगलवार १५:१४
  • 637 Views
radionrn

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीलाई कसैको दबाब र प्रभावमा नपर्न निर्देशन दिनुभएको छ ।
नेपाल प्रहरीले गरेको १७८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरीलाई दलाली वा चाकडी नगर्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न प्रहरी अधिकारीहरुलाई सचेतसमेत गराउनुभयो ।

प्रहरी भनेको दलाली वा दमन गर्नका लागि नभई कर्तव्य पालनाका लागि भएको उहाँको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले प्रहरी नेतृत्वलाई कार्यसम्पादन मूल्यांकन र बढुवाका लागि न्यायोचित प्रणाली बनाउन निर्देशन समेत दिनुभयो ।
प्रहरी जवानदेखि उच्च अधिकृत कसैले पनि अब संगठन भेदभावको अनुभूत गर्न नपर्ने उहाँको भनाइ थियो ।

यस्तै कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले राजनीतिक प्रभाव र दबाबमा परेर काम नगर्न निर्देशन दिनुभयो ।
उहाँले सरकारले सुरक्षालाई प्राथमिकता दिएकाले त्यसमा दृढ भएर लाग्न प्रहरी संगठनलाई निर्देशन दिँदै आवश्यक जुनसुकै सहयोग गर्न पनि सरकार तयार रहेको बताउनुभयो ।
कार्यक्रममा प्रहरी निरीक्षकको आधारभूत तालिम पूरा गरेका १२ महिला र ८३ पुरुषले पद तथा गोपनीयताको सपथ लिएका थिए ।

Avatar

Next Story