सिनामङ्गलमा बसको ठक्करबाट एकजनाको ज्यान गयो

  • २८ माघ २०७५, सोमबार १०:०४
  • 650 Views
radionrn

काठमाण्डौको सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ ।

आज बिहान ६ बजेतिर बा ३ ख ७० ५७ नम्बरको बसले ठक्कर दिँदा सोलुखुम्बु घर भई सिनामङगल बस्दै आएका पदमबहादुर कार्कीको ज्यान गएको हो ।

ठक्करबाट घाइते भएपछि काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

Avatar

Next Story