काँग्रेस बैठकमा आज दुई विषयमा छलफल हुने

  • २८ माघ २०७५, सोमबार ०९:५९
  • 702 Views
radionrn

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज नेपाल विद्यार्थी संघको कार्यसमिति र महासमितिले पारित गरेका विषयमा छलफल हुने भएको छ ।

काम चलाउन अवस्थामा रहेको नेविसंघको केन्द्रीय समितिलाई फेरी म्याद थप्ने की विघटन गरेर तदर्र्थ समिति बनाउने भन्ने बारेमा नेताहरुको मत बाझीएको छ । यस विषयमा आजको बैठकले केही टुंगो लगाउने संभावना रहेको नेताहरुले जनाएका छन् ।

त्यसैगरी महासमितिमा छलफल भएका विधानसहितका कतिपय विषयलाई केन्द्रीय समितिले टुंग्याउने म्याण्डेड दिएकाले यस विषयमा पनि बैठकमा गम्भीर छलफल हुन लागेको हो ।

केन्द्रीय सदस्यहरु स्थानीय तहबाटै निर्वाचित भएर आउनु पर्ने, समावेसी कोटामा एउटा व्यक्तिलाई निश्चित मौका दिनेलगायतका विषयमा नेताहरुको फरक फरक मत रहेको छ ।

केन्द्रीय सदस्यहरु महाधिवेशनमा प्रतिनिधि बन्दा बुथबाटै निर्वाचित हुनुपर्ने र आरक्षण प्रावधानलाई एक पटक मात्रै लागू गर्नु पर्ने विषयमा जिल्ला सभापतिहरुले दिएको सुझाव र दवावलाई समेट्ने आश्वासन दिएका नेताहरु नै पछाडी हटेको भन्दै आलोचना भएको छ ।

विषेश गरेर सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष यसबाट पछाडी हटेको छ भने युवा नेताहरुले अनिवार्य निर्वाचनलाई जोड दिएका छन् । बैठक विहान ११ बजेपछि केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।

Avatar

Next Story