नेकपा कार्यदलमा अझै भएन सहमति

  • २८ माघ २०७५, सोमबार ०९:२६
  • 689 Views
radionrn

सकेसम्म छिटो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेकपाको तल्लो कमिटीको एकतासम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन ।

नेकपाको सचिवालयको गत सोमबारको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिए पनि झण्डै एक साता बित्दा पनि प्रतिवेदन तयार हुन नसकेको हो ।

कार्यदलले एक दिन मात्र नभई थप केही दिन समय पाउन शीर्ष नेतृत्वलाई आग्रह गरेको थियो तर कुन कुन विषय सहमति भएको हो, भन्नेमा कार्यदलका सदस्यहरु नै स्पष्ट हुन सकेका छैनन् ।

कार्यदलका सदस्य कतिपय काठमाडौँ उपत्यकाबाहिर रहेको र कार्यसूचीमा मतभिन्नता अन्त्य हुन नसकेका कारण प्रतिवेदन तयार नभएको बुझिएको छ ।

अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भएको भेटवार्तामा विवादित विषयलाई चाँडो सहमति गरेर देशव्यापी पार्टी एकताको सन्देश दिने समझदारी भएपनि कार्यदलमा त्यसको सकारात्मक प्रभाव परेको देखिएको छैन ।

Avatar

Next Story