अख्तियारमा स्थानीय सरकार विरुद्धका उजुरी धेरै

  • २८ माघ २०७५, सोमबार ०९:२२
  • 637 Views
radionrn

निर्वाचनको दुई वर्ष पनि नपुग्दै स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा परेका उजुरीमा झन्डै एकतिहाइ स्थानीय सरकारका छन् ।

कार्यालयका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तहमा पुस मसान्तसम्म प्रदेश ५ का बाँके, बर्दिया र दाङ जिल्लाका तीन सय ७८ वटा उजुरी परेका छन्।तीमध्ये स्थानीय सरकारका मात्र एक सय २७ वटा छन्। स्थानीय तहमा भ्रष्टाचारको बढी उजुरी परेर बाँकेले सबैलाई उछिनेको छ।

तीन जिल्लामा परेका एक सय २७ उजुरीमध्ये बाँकेका स्थानीय तहमा मात्र ६२ वटा उजुरी परेका छन्। जुन कुल उजुरीको झन्डै आधा हो। बाँकेका ८ वटै स्थानीय तह उजुरीबाट अछुतो छैनन्। खजुरा गाउँपालिकाले सबैलाई उछिनेको छ। जहाँका १३ वटा उजुरी परेका छन्।

राप्ती सोनारीमा ११, नेपालगन्ज उपमहानगरपालिकामा १०, कोहलपुर नगरपालिका ८, नरैनापुर गाउँपालिका ७, डुडुवा गाउँपालिका ५, जानकी गाउँपालिका ४, बैजनाथ गाउँपालिका २ र जिल्ला समन्वय समिति बाँकेमा २ वटा उजुरी परेका छन् ।

Avatar

Next Story