वीपी उद्यानमा शहीद पार्क बनाउन लागेको भन्दै कांग्रेसको आपत्ति, सरकारले निणर्य नसच्याए आन्दोलन चर्काउने चेतावनी

  • २७ माघ २०७५, आईतवार १८:०१
  • 481 Views


Radin NRN

नेपाली काग्रेसले वीरगन्जमा वीपी उद्यान निर्माणका गर्ने भनि छुट्याइएको जग्गामा प्रदेश २ सरकारले शहीद स्मृति पार्क बनाउन लागेकोप्रति आपत्ति जनाएको छ ।  आज केन्द्रीय कार्यालय सानेपामा गरिएको पत्रकार सम्मेलमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा केन्द्र सरकारको पनि ध्यानाकर्षण गराउँदै वीपी उद्यान नै निर्माण गर्न आग्रह गर्नुभयो ।

माघ २४ गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले वीरगञ्जमा वीपी उद्यान निर्माणका लागि प्रस्ताव भइसकेको १० विघा जग्गामा शहीद स्मृति पार्क बनाउन लागेकोमा विरोध जनाएको थियो । पार्टी प्रवक्ता शर्माले सो निर्णय आज पत्रकार समेलन गरि जानकारी गराउनुभएको हो । उहाँले २०६० साल कात्तिकमा तत्कालिन श्रम तथा यातायात मन्त्री डा.प्रकाशचन्द्र लोहनीबाट वीपी उद्यानको शिलान्यास गरिसकेको भन्दै अहिले अर्कै नाममा पार्क बनाउन खोज्नु आपत्तिजनक भएको बताउनुभयो ।

उहाँले वर्तमान सरकारले जीवनभर लोकतन्त्रका लागि लडेका दिवंगत नेताको नाममा रहका संरचनामा एकपछि अर्को आक्रमण गरिरहेको भन्दै निर्णय तत्काल नसच्याए कडा रुपमा उत्रिने चेतावनी दिनुभयो । प्रवक्ता शर्माले सरकारले आफ्नो कार्यशैली सुधार्नुपर्ने बताउनुभयो । वीपीको नाममा प्रस्तावित भएको उद्यान त्यही रुपमा अगाडि नबढे कांग्रसले संसद र सडकबाट पनि निर्णय उल्टाउन बाध्य हुन उहाँले चेतावनी दिनुभयो ।

गत माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्यानको जग्गामा शहीद पार्क बनाउने भन्दै शिलान्यास गर्नुभएको थियो ।
उहाँले उक्त १० बिगाह जग्गा वीपी उद्यान निर्माणका लागि २०४९ सालमा यातायात संस्थानबाट खरिद गरिएको बताउनुभएको थियो ।
हाल उक्त जग्गा वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको छ ।

Avatar

Next Story