धुर्वको “मलाई देखेर” टिकटक चर्चामा

  • २७ माघ २०७५, आईतवार १५:५९
  • 5239 Views
Radin NRN

काठमाडौं, माघ । धुर्व शर्मा चितवनका एक कुशल सञ्चारकर्मी हुन् । पत्रकारितासंगै शर्मा कलाकारितामा पनि सकृय छन् । लामो समय चितवनमा पत्रकारिता गरेका उनि गीत संगीतमा पनि पोख्त छन् ।

पछिल्लो समय शर्मा पत्रकारितासंगै कलाक्षेत्रमा अझ बढि सकृयरुपमा लागेका छन् । केहि समय अगाडी मात्रै सार्वजनिक भएको शर्माको मलाई देखेर बोलको लोक दोहोरि गीतले उनलाई कलाकर्मीको परिचयमा एक इट्टा थपेको छ । बिभिन्न गीत सिर्जना गर्दै आएका शर्माले मलाई देखेर बोलको गित सार्वजनिक गरेपछि अहिले गीतले उनलाई थप परिचय दिएको छ ।

उनि एक सफल कलाकार बन्न हौसला मिलेको छ । मलाई देखेर उनले लोकप्रिय गायक कुलेन्द्र विक र गायिका मेलिना राईसँग मिलेर आफ्नो आवाज दिएका छन् । यो गीतले अहिले युट्युवमा पनि दर्शकको राम्रो साथ पाएको छ भने टिकटकमा समेत चर्चामै छ । छोटो समयमा नै गीतलाई दर्शकहरुले निकै रुचाएका छन् । गितमा जुना सुन्दास र शर्माले आफै फिचरिङ गरेका छन् ।

यो समाचार तयार पार्दासम्म यो गीत करिव १९ लाख दर्शकले हेरेका छन् । अहिले सम्म यो गीत १८ लाख ५७ हजार ७ सय ६५ पटक हेरिएको छ । गीतमा १ हजार ४ सय ५९ जनाले आफ्नो प्रतिक्रिया जनाएका छन् । अघिकांस दर्शकले गीत राम्रो रहेको भन्ने टिप्पणी गरेका छन् । शर्माका यस अगाडी “साउदी कतार बाई” “दुनियाँले थाहै पाउदैन”, “लुगलुग जाडो बनायो” लगायतका गितहरु छन् ।

Avatar

Next Story