२ बर्षमा काम सक्ने लक्ष्य सहित माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजना शिलान्यास

  • २७ माघ २०७५, आईतवार १५:०५
  • 559 Views


Radin NRN

माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजना शिलान्यास भएको छ । रसुवा र नुवाकोटमा निर्माण हुने ३७ मेगावाट क्षमताको आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आज एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको छ । आयोजनाको शिलान्यास गर्दै मन्त्री वर्षमान पुनले आयोजनाको निर्माण तोकिएको लागत र समयमा सम्पन्न गर्न निर्देशन समेत दिनु भयो ।

२०७७ फागुन २९ गतेबाट विद्युत् उत्पादन सुरु गर्ने आयोजनाले लक्ष्य लिएको छ । आयोजनाको मुख्य सुरुङ ३ हजार ८ सय मिटर छ ।
विद्युत् गृह, सर्ज ट्यांक लगायतका संरचनाको काम सुरु गर्न आयोजनाले जानकारी दिएको छ । आयोजनामा विद्युत प्राधिकरण र (नेपाल टेलिकम) को लगानी छ ।

ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण तथा जडान गर्नेछ । आयोजनाको प्रवर्द्धक कम्पनीमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत सेयर स्वामित्व छ । आयोजना सम्पन्न गर्न ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

Avatar

Next Story