नेपाल समेत सहभागी विश्व सरकार सम्मेलन आजबाट दुबईमा हुदै

  • २७ माघ २०७५, आईतवार ०९:३९
  • 1313 Views
radionrn

दुबईमा आजबाट सातौ विश्व सरकार शिखर सम्मेलन सुरु हुन लागेको छ । सम्मेलनमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिले सहभागीता जनाउदै छन् ।

नेपालका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित सहभागी हुनु लाग्नुभएको छ । सम्मेलनमा प्रबिधिको भविश्य, शिक्षा, स्वास्थ्य तथा वातावरण, श्रम बजार, ट्रेड एवम् राजनीतिसँग सरकार तथा समुदायको सम्बन्धका बिषयमा सामुहिक छलफल हुने भएको छ ।

सम्मेलनमा बिकसित प्रबिधीको प्रयोग तथा देशले बिभिन्न निकायमा ल्याउनु पर्ने आवश्यक नीती निर्माणका बिषयमा समेत छलफल र परामर्श गरिनेछ ।

सम्मेलनमा १ सय ५० देशका प्रतिनिधि मध्ये १ सय २० जनाले सम्बोधन गर्ने कार्यक्रम छ।

Avatar

Next Story