आज मौसम सफा रहने, भोलीदेखि पुःन वदली

  • २७ माघ २०७५, आईतवार ०९:२१
  • 1482 Views
radionrn

लगातारको वर्षा र हिमपातपछि आज विहानैदेखि मौसम सफा भएको छ । आज काठमाण्डौसहित देशका धेरैजसो भूभागमा घाम लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी भेगमा भने भोली पनि आंशिक बदलीको सम्भावना रहेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमबाट फेरि आउन लागेको पानी पार्ने प्रणालीका कारण पश्चिमको मौसममा आंशिक बदली हुने देखिएको हो ।

भोलीदेखि फेरि देशभरको मौसम बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । पछिल्लो समय लगातार रुपमा पश्चिमी वायु भित्रिरहेको छ । गएको पुस अन्तिममा उपत्यकामा पहिलो पटक हिउँदे वर्षा भएको थियो ।

Avatar

Next Story