एकनारायणको जोवन कसको रुमालमा म्वाइ खाएर गयो ? (भिडियो)

  • २६ माघ २०७५, शनिबार १३:५२
  • 533 Views
Radin NRN

काठमाडौं, माघ । गीतकार तथा संगीतकार एक नारायण भण्डारीको बुट्टे रुमाल पछि अर्को “म्वाई” बोलको गीत सार्वजनिक भएको छ । चर्चित गीतकार भण्डारीले रचना गरेका यस अघि थुप्रै गीतहरुले चर्चा कमाएका छन् । केहि दिन अगाडी मात्रै सार्वजनिक गरिएको बुट्टे रुमाल बोलको गीत अहिले पनि युटुव ट्रेन्डिङ्मै छ । बुट्टे रुमाललाई अहिलेसम्म युटुवमा ५ लाख बढि पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म म्युजिक नेपालको युटुव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीत ट्रेन्डिङ् नम्वर ३७ मा छ । लगत्तै भण्डारीकै शब्द संगीतमा रहेको “म्वाई” बोलको गीत सार्वजनिक भएको छ । गीतमा जन गायक बद्री पंगेनी र लक्ष्मी बानियाको आवाज छ । भिडियोमा शंकर बिसी र निता ढुंगानाको फिचरिङ्ग छ । गीतको निर्देशन पनि बिसीलेनै गरेका छन् ।

Avatar

Next Story