हुम्लामा पुन: हिमपात हवाई सेवा अवरुद्ध

  • २५ माघ २०७५, शुक्रबार १९:२५
  • 845 Views
Radin NRN

जनक बहादुर शाही, हुम्ला । हिमाली जिल्ला हुम्लामा पुन हिमपता भएको छ । पशिचमी वायुको प्रभावले हुम्ला जिल्लाका अधिकाश क्षेत्रमा वर्षासँगै भएको हिमपातले जिल्लाको जनजिवन निकै कष्ठकर बनेको छ ।

बुधबार दिउसो ३ बजेदेखि निरन्तर हिमपात भएपछि जिल्लाको अधिकाश क्षेत्रमा अत्याधिक चिसो बढेको छ ।सदरमुकाम सिमकोट लगायतका जिल्लाको उत्तरी नाम्खा गाउँपालिका स्थानीयहरुलाई घरबाहिर निस्कन समेत समस्या भएको छ । दक्षिण क्षेत्रमा वर्षाले कामकाज समेत प्रभावित भएको छ । हिमपातले जिल्लाको जनजिवन प्रभावित बनाएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगनाले बताए । बुधबार दिउसो देखि हिमपात र हावाहुरीले हुम्लाका नागरीकलाई एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्न कठिनाई भएको छ ।

जिल्ला सदरमुकाम सिमकोटमा दिउसो ४ बजे सम्म३ फट भन्दा बढी हिउँ जम्नुको हावाहुरी चल्दा हुम्लाको जनजीबन निकै कष्टकर बनेको छ भने हावाहुरीले सदरमुकाम सिमकोट तल्लोबजारमा रहेको महिला छात्राबास रहेको छानो उडाएको प्रमुख जिल्ला अधिकारी ढुंगानाले बताए । स्थानियलाई घरवाहिर निस्कन समेत समस्या बनाएको र यस अघि जिल्लामा ८ दिन सम्मको ठुलो हिमपात पछि पुनः त्यो भन्दा भारी हिमपात भएको छ ।

हिमपातले वालवालिका बृद्धबृद्धालाई शौचालय सम्म जान समेत समस्या बनाएको छ ।जिल्लाको उत्तरी नाम्खा गाउँपालिका भने सिमकोट बढी हिमपात परेको छ । हिमपातले त्यस क्षेत्रका स्थानियलाई घर निस्कन समेत समस्या बनाएको छ । साथै घरपालुवा गाईवस्तुलाई पनि भारी हिमपातले समस्या निम्त्याएको संचार कर्मि राज शाहीले बताए ।

हिमपातले चैत्रमा हुने एसइईको तयारी कक्षा लिदै आएका विद्यार्थीको टिउसन कक्षा समेत प्रभाबित भएको छ । बुधबार राति देखिको भारी हिमपातले विद्यार्थीलाई टिउसन कक्षा जान समेत समस्या भएकाले तयारी कक्षा पनिकेही दिनका लागिबन्द गर्नु परेको मानसरोवर माविका प्रधानध्यापक अमर बहादुर शाहीले बताए ।

पछिल्लो पटक ३ फिट भन्दा बढी हिउँ जमेका कारण बिद्यार्थिलाई आवात जावत गर्न समस्या हुने भएकाले एसइई दिने विद्यार्थीको टिउसन कक्षा बन्द गरेको शाहीले बताए । हिल्दुम बिद्युत बितरण केन्द्रले हावाहुरी र हिमपातका कारण आफ्नो विद्युत प्रशारणलाईन लाई बन्द गरेको छ भने जिल्लामा भएका ल्याण्ड लाईन् बाहेक अरु सबै टेलिफोन सेवा हिमपातका कारण अबरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगनाले बताए  ।

हवाई सेवा ठप्प
बुधबारदेखि परेको हिमपातले हुम्लाको एकमात्र यातायातको माध्यम हवाई सेवा समेत ठप्प भएको छ । जिल्ला बाहिर जाने यातायातको एक मात्रै साधान हवाई जहाज उडान नभएपछि सिमकोट विमानस्थलमा जहाज समेत चलेका छैनन ।

जिल्ला भित्र या बाहिर आवत जावत गर्ने यात्रुलाई समस्या भएको छ । एकसाता अघि ८ दिन सम्म परेको हिमपात जिल्लाका सुरक्षाकर्मी र सिमकोड बिमानस्थलमा हिउ फाल्नलाई ल्याएको गाडीले विमानस्थलको हिउँ पन्छाएका थिए । पुन बुधबार हिमपात भएपछि हुम्ला जिल्लाका अधिकाश स्थानहरु सेताम्य बनेका छन । भने बिमानस्थलमा ३ फिट भन्दा बढी हिउ जमेकाले बिमानस्थल बन्द भएको सिमकोट नागरीक उड्डयन कार्यालय प्रम’ख गौंरी शंकर शाहाले बताए ।

नाम्खाबासीलाई समस्या

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारी,मुचु,याङगार,केर्मी,याल्वाङ्ग, तिल,हल्जी,जाँङ्ग, चाला र ताङगीन लगायतका क्षेत्रमा बुधबार देखिनै स्थानीय घरबाट बाहिर निस्कन समस्या भएको छ । जाडो बढेपछि जिल्लाका अधिकांस ठाउमा धारामा पानि नआउदा घरआगनमा जमेको हिउँ पगालेर खाना पकाउने गरेका छन ।

स्थानीय छेपाक लामाका अनुसार हिमपातसंगै अत्याधिक हावाहुरी समेत चल्दा चिसोले धारमा बरफ जमेर पानी नआउदा यो समस्या भएको बताए । हिमपातले घर बाहिर निस्कन समस्या भएपछि घरमै घाँस, पानी राखिएको उनको भनाई छ ।

Avatar

Next Story