दुबईमा सातौ विश्व सरकार शिखर सम्मेलन, नेपालको तर्फबाट मन्त्री पन्डित सहभागी हुने

  • २५ माघ २०७५, शुक्रबार ०८:१३
  • 2457 Views
Radin NRN

माधव न्यौपाने, युएई । दुबईमा आइतबारबाट सातौ विश्व सरकार शिखर सम्मेलन सुरु हुने भएको छ । सम्मेलनमा विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिले सहभागीता जनाउने छन ।

युएईको खुशी मन्त्रालयको प्रमुख आयोजनामा हरेक बर्ष हुने सो सम्मेलन आइतबारबाट सुरु भएर मंगलवार सकिने छ । सम्मेलनमा प्रबिधीको भविश्य, शिक्षा, स्वास्थ्य तथा वातावरण , श्रम बजार, ट्रेड एवम राजनीती सँग सरकार तथा समुदायको सम्बन्धका बिषय प्रमुख एजेन्डाका रुपमा सामुहिक छलफल गरिने छ ।

कार्यक्रममा सरकारी कार्यालय चुस्त र पारदर्शी कसरी बनाउने भन्ने बारे छलफल हुनेछ । त्यस्तै सम्मेलनमा बिकसित प्रबिधीको प्रयोग तथा देशले बिभिन्न निकायमा ल्याउनु पर्ने आवश्यक नीती निर्माणका बिषयमा समेत छलफल र परामर्श गरिनेछ ।

सम्मेलनको प्रमुख अतिथी तथा वक्ताको रुपमा सन् २०१८ का नोबेल पुरस्कार बिजेताहरु युएई आउने कार्यक्रम छ ।  सम्मेलनलाई पाकीस्तानी प्रधानमन्त्री ईमरान खान तथा क्याथोलिक क्रिस्चियनका धर्म गुरु पोपे फ्रेनसीसले सम्बोधन गर्ने कार्यक्रम छ । गएको बर्ष आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख वक्ताको रुपमा थिए ।

नेपालका तर्फबाट मन्त्री पन्डित सहभागी हुने ।

नेपालका तर्फबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित सहभागी हुने भएका छन । कार्यक्रममा सहभागी हुन मन्त्री पण्डित शुक्रबार आबुधाबी जाने कार्यक्रम छ । १ सय ५० देशका प्रतिनिधि मध्ये १ सय २० जनाले कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । मन्त्री पण्डित सहित १० सदस्यिय नेपाली प्रतिनिधि टोली युएई आउने कार्यक्रम छ । म

न्त्री पण्डितले शनिबार आबुधाबीमा रहेको नेपाली दुतावासमा युएईमा कार्यरत नेपाली समुदायलाई सम्बोधन गर्ने दुतावासले जनाएको छ ।सम्मेलनका पछिल्ला दुई बर्ष नेपालका तर्फबाट लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनाली सहभागी हुनुभएको थियो । सम्मेलनमा मन्त्री सहित, श्रम सचिव तथा कार्यबाहक राजदुत सागरप्रसाद फुयांलले नेपालको प्रतिनिधित्व गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

Avatar

Next Story