कर्णालीमै पहिलोपटक प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने

  • २२ माघ २०७५, मंगलवार १८:२१
  • 1651 Views
Radin NRN

चाँदनी केसी, सुर्खेत । कर्णाली प्रदेशमै पहिलोपटक मुख्यमन्त्री रनिङ्ग शिल्ड प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा वीरेन्द्रनगरस्थित खुलामञ्चमा आगामी फागुन १ देखि ४ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी दशवटै जिल्लाका महिला तथा पुरुष खेलाडीहरु प्रतियोगितामा सहभागी हुने जानकारी गराईएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै खेल व्यवस्थापन समितीका संयोजक एवम् सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर मानबहादुर गिरीले प्रत्येक जिल्लाबाट एक÷एक जना खेलाडीहरुको टिम प्रतियोगितामा सहभागी हुने जानकारी दिनुभयो ।

सचिव गिरीका अनुसार प्रतियोगितामा प्रथम हुने पुरुष तथा महिला टिमले एक÷एक लाख पुरस्कार र पदक प्राप्त गर्नेछन् । यस्तै, द्वितीय हुनेले ७५ हजार र तृतीय हुनेले ५० हजार नगद र पदक प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट दुई जना खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि ५० लाख बजेट मन्त्रालयले विनियोजन गरेको छ । सचिव गिरीका अनुसार एक÷एक लाख बजेट प्रत्येक जिल्लामा पठाईसकिएको छ । प्रतियोगिताको व्यवस्थापनका लागि मन्त्रालयले विभिन्न समिती तथा उपसमितीहरु गठन गरेको छ ।

Avatar

Next Story