पेरिसमा आगलागी, ८ जनाको मृत्यु

  • २२ माघ २०७५, मंगलवार १७:५०
  • 728 Views
Radin NRN

पेरिस ।  फ्रान्सको राजधानी सहर पेरिसको एक भवनमा भएको आगलागीमा परि कम्तिमा ८ जनाको मृत्यु भएको छ।

स्थानीय अग्नि नियन्त्रण सेवाले आगलागी निकै भयानक रहेकाले नियन्त्रणमा लिन कठिन भइरहेको जनाएको छ। आगलागीबाट मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने आशङ्का रहेको अधिकारीहरूको भनाइ छ।

यस आगलागीमा परि तीन अग्नि नियन्त्रकसहित २७ व्यक्ति घाइते भएका छन्। यद्यपी, घाइतेहरूको स्थिति भने सामान्य रहेको बताइएको छ।

८ तल्ले भवन रहेको क्षेत्रमा विदेशी राजदुतावास र फ्रान्सको एक प्रसिद्ध संग्रहालय रहेको छ। यस आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने प्राप्त हुन सकेको छैन।

प्रहरीले आगलागीको घटनामा शङ्कास्पद केही व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ।

Avatar

Next Story