भेनेजुएलामा सङ्कट समाधान प्रयास, राष्ट्रपति मदुरोले गरे नयाँ चुनावको प्रस्ताव

  • २० माघ २०७५, आईतवार १७:३८
  • 1664 Views


Radin NRN

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले त्यहाँको राजनीतिक सङ्कट समाधानको प्रयासस्वरुप समय अगावै निर्वाचनको प्रस्ताव गरेका छन् । विपक्षी आन्दोलनकारीहरुले राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा हिजो बृहत् प्रदर्शन गरेका थिए र उनीहरुले आन्दोलनलाई थप चर्काउने चेतावनी राष्ट्रपति मदुरोलाई दिएका थिए ।

विरोध प्रदर्शनका क्रममा विपक्षीहरुले पनि यहाँ निर्वाचनको माग गरेका थिए । उनीहरुले राष्ट्रपति मदुरोलाई तत्कालै निष्पक्ष निर्वाचन गर्न माग गरेका थिए । उनीहरुले गरेको निर्वाचनको मागपछि हिजो नै राष्ट्रपति मदुरोले पनि समय अगावै निर्वाचन गर्न सकिने प्रस्ताव गरेका छन् ।

राष्ट्रपति मदुरोले त्यहाँको राजनीतिक समस्याको समाधानका लागि निर्वाचन एक उत्तम उपाय हुनसक्ने बताएको समाचारमा जनाइएको छ ।

Avatar

Next Story