फेब्ब्रवरी महिनालाई आयोडिन महिनाका रुपमा मनाइदै , स्वास्थ्य जिवनका लागि आयोडिन अति आवश्यक

  • १९ माघ २०७५, शनिबार १३:१९
  • 4511 Views


Radin NRN

लक्ष्मी विसी , काठमाण्डौ आयोडिन सम्बन्धी सचेतना फैलाउने उद्धेश्यले एक महिना सम्म विभीन्न कार्यक्रम गरि आयोडिन महिना मनाउन सुरु गरिएको छ । हरेक वर्ष फेब्रवरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने गरिन्छ । नेपालसहित १ सय ३० राष्ट्रहरुले फेब्रवरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आएका छन् । नेपालले सन् १९९८ देखी आयोडिन महिना मनाउन सुरु गरेको हो ।

 आयोडिन  स्वस्थ जीवनका लागि सबैलाई अत्यन्त आवश्यक पोषक तत्व भएको र वयस्कलाई भन्दा शिशुलाई बढी मात्रामा चाहिने विज्ञहरु बताउछन् । आयोडिनयुक्त नुनको प्रर्वद्धन र यसको कमीबाट हुने शारीरिक कमजोरीका बारेमा जानकारी गराउने उद्देश्यले एक महिनाभर सचेतनामूलक कार्यक्रम गरिदैछ ।

आयोडिनको सेवनले शरीरको छाला, नङ र कपाललाई स्वस्थ राख्नुका साथै आयोडिनले लिड, मर्करी जस्ता विषालु पदार्थलाई शरीर बाहिर निकाल्ने र हानिकारक सूक्ष्म जीवाणुलाई नष्ट पनि पार्ने भएकाले यसको सेवन गर्न आवश्यक रहेको छ ।  आयोडिनको कमि हुँदा थाइराइड ग्रन्थीमा उत्पन्न हुने समस्याका कारणले प्रत्यक्ष–अप्रत्यक्षरुप मा महिलामा स्तन क्यान्सरको सम्भावना हुने चिकित्सकहरुको भनाई छ । महिलालाई अन्य समय भन्दा गर्भावस्थामा बढी मात्रामा आयोडिनको आवश्यकता पदर्छ ।

आयोडिनको कमीले कुपोषित तथा सुस्त बच्चा जन्मने , महिनावरी अनियमित हुने लगाएतका समस्याहरु देखिने बताउनुहुन्छ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका विभागिय प्रबन्धक ब्रजेश कुमार झा

उहाँका अनुसार मानिसमा मात्र नभएर पशुपक्षीलाई समेत आयोडिनको आवश्यकता पर्ने गर्दछ । १५ प्रतिशत उत्पादन वृद्धि गर्न , लागत अनुसार स्वस्थ्य फाइदा लिनका लागि समेत आयोडिनको आश्वयकता पर्ने उहाँको भनाई छ । आयोडिनको कमीले थाइराइड हर्मोन आवश्यता अनुसार उत्पादन नहुने र त्यसले बृद्धि र बिकासमा असर गर्ने गर्दछ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् १९६५ मा नेपालमा आयोडिनको कमीबाट ५५ प्रतिशत जनसंख्या प्रभावित रहेको थियो भने २०१६ को तथ्यांक अनुसार ९४.५ प्रतिशत जनसंख्याले आयोडिन युक्त नुनको प्रयोग गरेको तथ्यांक सार्वजनिक भएको छ । सत प्रतिशत नेपाली जनताले आयोडिनको महत्व र आवस्यकताका बारेमा बुझ्दै जाने अवस्थाको सृजना भइरहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका विभागियजाने प्रबन्धक झा को भनाई छ ।

चिकित्सकका अनुसार आयोडिनको कमीबाट आलाश्य हुने, कमजोर हुने, भोक नलाग्ने ,जाडो बढी हुने, तौल बढ्ने, शरिर सुन्निने, छाला खस्रो हुने, कपाल झर्ने, कव्जियत हुने आँखा धमिलो हुने लगाएतको समस्याहरु देखा पर्ने गर्दछन् । खानामा धेरै नुनको प्रयोग भएमा  त्यसले स्वास्थ्य सम्बन्धि गम्भीर समस्या निम्त्याउँछ भने कम नुनको प्रयोग पनि मानिसको लागि अझै धेरै घातक मानिन्छ । मानिसलाई मात्र नभई पशुपंक्षीलाई पनि आवश्यक पर्ने आयोडिनको महत्वका बारेमा सचेत भई स्वस्थ्य जिवन यापनमा ध्यान दिनु जरुरी देखिन्छ ।

Avatar

Next Story