नवलपुर समाज जापानको प्रथम साधारण सभा हुने

  • ८ माघ २०७५, मंगलवार १८:३४
  • 3016 Views


बिश्वबन्धु भण्डारी

टोकियो जापान
नेपालको नवलपुर जील्लामा घर भई बिभीन्न पेशा व्वयसायका लागी जापानमा रहेका नवलपुर वासीहरुको साझा संस्था नवलपुर समाज जापानको प्रथम साधारण सभा हुने भएको छ , आउदो जनवरी ३१ तारिख सिन्जुकु स्थित नेपाली मुरा हलमा दिउसो २ बजेवाट साधारण सभा सुरु हुने आयोजक संस्थाले जानकारी दिएको छ । साधारण सभामा संस्थाका आजीवन सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । स्मरण रहोस् संघियताका कारण पुरानो नवलपरासी जील्लावाट टुक्रिएर नवलपुर जिल्ला बनेपछि २०१७ को जनवरीमा जापानमा रहेका नवलपुर वासीहरुको साझा संस्थाको रुपमा केशव प्रसाद पौडेल को संयोजकत्वमा मा ११ सदस्यीय नवलपुर समाज जापानको तदर्थ समिती गठन भएको थियो,प्राकृतिक प्रकोपबाट प्रभावितहरुका लागी सहयोग,नवलपुर जिल्ला बासी र जापान मा बसेका नेपाली नागरिक हरु लाई समस्या परेको बेला मा सहयोग गर्ने,शैक्षिक सामग्री र पठन पाठन गर्न बाट बन्चित बाल बालिका लाई आवश्यक सामग्री प्रदान गर्ने, औषधी उपचार गर्न नपाएर आफ्नो रोग सगँ लड्दै बसेका नागरिक हरुलाई सक्दो सहयोग गर्ने ,बिदेश मा बसेर पनि नेपाली धर्म सस्कृती को जगेर्ना गर्दै सबैले हात र साथ मिलाएर आफुले कमाएको केही रकम छुट्याएर थोरै भए पनि मलम लगाउन सकियोस् भन्ने उदेश्य ले नवलपुर समाज जापान गठन भएको संस्थापक अध्यक्ष केशव प्रसाद पौडेलले जानकारी दिनुभएको छ । पुरानो एउटै जिल्ला मा नवलपुर समाज जापान र नवलपरासी समाज जापान भएको हुदा दुई समाज लाई एउटै बनाई लाने उदेस्य ले 2018/01/31 को दिन अधिबेशन भएको थियो | सो अधिवेशनले ले नवलपुर समाज जापान को नया कार्य समिति मा सागर प्रसाद कंडेल को अध्यक्षता मा २१ जनाको नयाँ कार्य समिति निर्बाचित गरेको थियो | नवलपुर समाजमा हालसम्म १५० जना आजिबन सदस्य रहनुभएको अध्यक्ष कंडेलले जानकारी दिनुभएको छ |जापानमा रहनुहुने नवलपुरवासीहरुमा साधारण सभामा उपस्थित भईदिनुहुनका लागी आयोजक संस्थाले बिनम्र अनुरोध गरेको छ
सम्पर्क का लागी :
080-3259-4264 सागर प्र कंडेल
080-4158-4198 प्रेम प्र कंडेल
090-1210-4617 केशव प्र पौडेल
090-3924-2164(ओसाका) मुक्तिराम खरेल
080-51041353(नागोया) अर्जुन खरेल

Avatar

Next Story