संसदीय सुनुवाई विशेष समितिद्धारा ३ राजदूतको नाम अनुमोदन

  • ८ माघ २०७५, मंगलवार १६:०१
  • 1534 Views
Radin NRN

काठमाडौं, माघ । संसदीय सुनुवााराई विशेष समितिले ३ जना राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकले सरकारद्धारा क्यानडाका लागि प्रस्तावित राजदूत भृगु ढुंगाना, संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि प्रस्तावित राजदूत मणिप्रसाद भट्टराई र कुवेतका लागि प्रस्तावित राजदूत दुर्गाप्रसाद भण्डारीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

तीनै जना राजदूतको नाम संसदीय सुनुवाई प्रक्रिया पूरा गरी सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई क्यानडा, भट्टराईलाई स्वीजरल्याण्ड र भण्डारीलाई कुवेतसहित ५ जनालाई राजदुतको रुपमा सिफारिस गरेको थियो । समितिको बैठकमा प्रस्तावित राजदूतहरुले आ–आफ्नो योग्यता, क्षमता र भावी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

क्यानडाका लागि प्रस्तावित राजदुत भृगु ढुंगानाले जलवायु परिवर्तनको असर नेपालमा पर्न नदिन त्यहाँको सरकारसँग आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि तथा स्वीजरल्याण्डका लागि प्रस्तावित राजदूत मणिप्रसाद भट्टराईले संयुक्त राष्ट्रसंघसँग आबद्ध संघ, संस्थाहरुसँग आवश्यक छलफल गरी नेपालको लागि आवश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कुवेतका लागि प्रस्तावित राजदूत दुर्गाप्रसाद भण्डारीले राष्ट्रको हितलाई केन्द्रमा राखेर कुवेतसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समितिको गत माघ ३ गते बसेको बैठकले फ्रान्सका लागि प्रस्तावित राजदुत दिपक अधिकारी र थाईल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको नाम पनि सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

Avatar

Next Story