प्रश्नै प्रश्नको घेरामा ओली सरकार

  • ३ माघ २०७५, बिहीबार २२:१४
  • 2821 Views


Radin NRN

डा. डिला संग्रौला

करिब १ बर्षको कार्यकाल पुरा गर्न लागेको ओली सरकार जनसरोकारका प्रश्नहरुको घेराबन्दीमा परेको छ । हत्या, हिसां, बलत्कार, गैरजिम्मेवारी, गैरजनउत्तरदायी, मिथ्याका आधारमा अभिव्यक्ति, लोकतान्त्रिक संस्थाहरुको धोम्सीकरण आदी ओली सरकारका नियती नै भएका छन ।

जनउत्तरदायित्व र जवाफदेहीताबाट पन्छिन खोजेको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओली अव संसदका सदस्यहरुको प्रश्नबाट कसरी उम्किदा रहेछन् हेर्न बाँकी छ ।

विगत १ बर्षको सरकारको कार्यकाललाई परफमेन्स लेजिटिमेसीका दृष्टिकोणले हेर्दा सरकार पूर्ण असफल भएको देखिन्छ जसका कारणले गर्दा सरकार भष्ट्राचार, अनियमितता, अपारदर्शीता, बिकास विरोधी र नेपालको भौगोलिक धर्म संस्कृती, परम्पराको समुल रुपमा नष्ट गर्नका साथै आयतित धर्मको प्रबद्र्धन र प्रचारमा जुटेको छ ।

यसको पछिल्लो कडीको रुपमा एसिया प्यासिफिक सम्मेलनलाई लिन सकिन्छ । यसको साथै सरकारले आफूमाथी लागेका गम्भीर आरोप र प्रश्न्हरुको जवाफ प्रधानमन्त्रीले संसद समक्ष दिनुपर्छ भन्ने जोडदार माग राखिन्छ ।

बिशेषगरी सरकार नेपालको मौलिक परिचय, इतिहास, सनातन धर्म, संस्कृती र परम्परालाई एसिया प्यासिफिक जस्ता क्रियाकलापलाई विभाजन गर्न किन अग्रसर भैराखेको छ भने सरकार नीति ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा जसरी मिठो र सुन्दर छ यसले ल्याएको बजेट, नीति र कार्यक्रम एक अर्कामा ठ्याक्क मेल खाएको छैन ।

लोकप्रिय नारा दिएर दुइ तिहाईको बहुमतमा उभिएको यो सरकार न जनतालाई समृद्धि र बिकासको अनुभूती दिन सकेको छ भने न त प्रतिपक्षले उठाएका यावत सवालहरुलाई सम्बोधन नै गर्न सकेको छ ।

त्यसैले पौष २२ गते प्रधानमन्त्रीले सार्वजनिक महत्वको अभिव्यक्ति सदनमा दिदाँ प्रतिपक्षले सवाल जवाफ गर्न पाउने वैधानिक बाटोलाई बन्द गरी सडक, सदन अबरुद्ध गर्न बाध्य पारे किन ? यसले संसदीय लोकतन्त्र र अभ्यासलाई बलियो बनाउँदैन । त्यसैले प्रधानमन्त्रीले माघ ४ गते तल उल्लेखित प्रतिपक्षले सोधेका प्रश्नहरुको जवाफ दिनैपर्छ ।

२०७५ पौष २२ गते प्रधानमन्त्रीज्यूले सार्वजनिक महत्वको अभिव्यक्ति दिदाँ सदनमा झुटो सरकारी अभिलेखमा नै नभएको तथ्याङक दिएर जनतालाई किन गुमराहमा राख्नुभयो ?

गत बर्षको मूल्यवृद्धि ४.२
राष्ट्र बैंकको तथ्याङक गतबर्ष ३.९
राष्ट्र बैंकको तथ्याङ यस बर्षको ४.२
तर प्रधानमन्त्रीको दाबी ३.७

पुँजीगत खर्च प्रधानमन्त्रीको दाबी यसबर्षको खर्च वृद्धीदर २५.३३∞ तर सरकारी तथ्याङ ११.७८∞

लगानीमा प्रधानमन्त्रीको दावी कम्पनी दर्ता बृद्धि २५∞ तर उद्योग विभागको तथ्याङक विदेशी लगानी–४४∞
व्यापार घाटामा प्रधानमन्त्रीको दाबी व्यापार घाटा वृद्धि १.५∞, तर व्यापार तथा निकासी प्रवर्दन केन्द्रको तथ्याङ्क व्यापार घाटा बृद्धि ३५.५∞
१.१८ करोडको गाडी र डेढ करोडको हेलिकप्टर राष्ट्रपतिलाई चढाएर देशको ढुकुटी र गणतन्त्रलाई कमजोर पार्ने काम किन गरियो ?

यो सरकारले राष्ट्रनायक गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको तनहुँको वेलचौतारामा रहेको श्वासप्रश्वास अस्पताल र बाँकेमा रहेको शुसील कोइराला क्यान्सर अस्पतालाई खारेज गर्ने कार्य किन गर्यो ?

२. यो सरकारले मर्यादाक्रम तोक्दा प्रदेशका मन्त्री भन्दा तल प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीयलाई राखी संसदको गरिमा र संघीका सांसदहरुको अपमान किन ग¥यो ?

३. सांसदहरुको आवासको लागि भनेर छुट्याईएको भैसीपाटीको जग्गामा मन्त्री आवास बनाउने भनेर निर्णय किन गरियो ?

४.  सरकारले शुरुमा जसरी ३३ किलो सुन, यातायात सिन्डीकेट, काम नगर्ने कामदारलाई कालोसुचीमा राख्ने भन्ने कुरा कता हरायो ?

५. आइ.एन.जी.ओ. को आयोजनामा काठमाण्डौमा २०७५ मंसिर १४ गते सम्पन्न ‘एसिया प्यासिफिक समिट’ को सह–आयोजक नेपाल सरकार बन्न र उक्त समिटको आयोजनाको लागि सरकारले राज्य कोषबाट खर्च गर्न तथा राज्य शक्ति प्रयोग गर्न मिल्छ र ? संविधानको व्यबस्थाले नेपाललाई धर्म निपेक्ष राष्ट्रको रुपमा स्थापित गरेको अवस्थामा सरकार प्रमुखले ‘होली वाइन’ महोत्सव गरी धर्मको प्रचार प्रसार गर्नु संविधानको उल्घन्न होईन् ?

६. प्रधानमन्त्रीले भष्ट्राचार गर्दिन् र गर्न पनि दिन्न भन्ने अभिव्यक्ति र सरकार भष्ट्राचार शिरोमणी भएकोमा प्रधानमन्त्रीको धारणा के हो ?

७. २०७५ श्रावण १० गते डा.गोविन्द केसी र नेपाल सरकारबीच भएको सम्झौता बमोजिम अक्षरस चिकित्सा शिक्षा विधेयक पारित गरिनुको सट्टा सरकारले किन यसको उल्घन्न गर्दै किन दुई तिहाईको दम्भ किन देखायो ?

८. केन्द्र प्रादेशिक र स्थानीय सरकारबीचको समन्वय कहिलेसम्म हुन्छ ?

९. प्राकृतीक स्रोत तथा बित्तिय आयोग कहिले गठन गर्ने ? जसको गठन नहुँदा संघीयता धरापमा पर्ने गएको छ । यसबारेमा प्रधानमन्त्रीको धारणा के छ ?

१०. वाईडवडी विमान खरिद सन्दर्भमा लेखा समितिले आधिकारिक प्रतिवेदन सार्वजनिक गरिसकेपछि सरकारले त्यस सन्दर्भमा सदनलाई जानकारी किन गराएन् ? त्यसैले यति ठुलो भष्ट्राचारको मुद्धा जनसरोकार र जनचासोको बिषय भएकाले यसमा सत्य तथ्य सहित सरकारले सदनलाई अबिलम्ब जानकारी गराउनुप¥यो ।

११. कर्मचारी समायोजनको नाममा विभेदकारी नयाँ संगठन संरचना गरी हेल्थ एसिटेन्ट लगायत स्वास्थ्य जनशक्तिमाथी विभेद भईरहेको छ । यस्तो विभेद रोक्न सरकारले कि ध्यान दिएको छैन् ?

१२. बिभिन्न बहुराष्ट्रिय कम्पनी तथा करर्पोरेट हाउसहरुले आफ्नो सामान बिक्री गर्ने डिलरहरुलाई बिदेश घुम्ने आकर्षक प्याकेज दिने प्रतिस्पर्धा गर्नाले ठुलो मात्रामा डलर बाहिरिएको छ । यस्तो प्रबृती रोक्न सरकारले के गरिरहेको छ ?

१३. बैंकहरुले कार्टेलिङ गरेर कर्जामा व्याजदर बढाउने तर बचतमा भने ब्याजदर नवढाउने गरिरहेका छन, सरकार के हेरेर बसेको छ ?

१४.  देशभरिका अधिकाशं बालबिकास केन्द्रहरुमा भौतिक तथा शैक्षिक सामाग्रीहरुको अभाव छ, शिक्षकहरुले तलब पाईरहेका छैनन् । यो समस्याको समाधान गर्न मन्त्रालयको कार्ययोजना के छ ?

१५. अहिले पनि पर्सा लगायतका बिभिन्न जिल्लाहरुमा बालबालिकाहरु घरबाटै बोरा लिएर गएर चिसो भुइँमा विछ्याएर पढ्न वाध्य छन् । यस्तो स्थिति अन्त्य गर्न संघीय सरकारले प्रान्तीय सरकारहरुसँग के कस्तो समन्वय गरिरहेको छ ?
१६. के शिक्षा आयोगको प्रतिवेदनले नेपालमा जनवादी शिक्षा लागू गर्न खोजेको हो ? विश्व विद्यालय

हरु जस्ता संस्थामा कुलपति र उपकुलपति हुने विश्वव्यापी मान्यताको किन खिल्ली उडाईदै छ ?

१८.  दैनिक २ देखि ३ जना नेपालीहरुको शव खाडी मुलुक र मलेसियाबाट नेपाल भित्रिरहेका छन् ? नेपाल आप्रवासी कामदारहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी दिन नेपाली दुतावासहरुमा चिकित्सक दरबन्दी थप गर्ने बारे नेपाल सरकारको धारणा के छ ?

१९.  मलेसियासँग श्रम सम्झौता भएको यतिका महिनासम्म पनि नेपालबाट सो मुलुकमा कामदार पठाउने काम किन शुरु हुन सकेको छैन् ? ढिलाई हुनुको कारण के हो ? कहिलेदेखि नेपाली कामदारहरुलाई छिटो मलेसिया पठाउने बारे सरकारले के गरिरहेको छ ?

२०.  कर्मचारी समायोजनमा विभेद किन ? के ट्रेड युनियन खारेज गरेर अधिनायवादको मार्ग प्रशस्त गर्न खोजिएको हो ?

२१. देशभरी वढिरहेको हत्या, हिसां र वलात्कारका श्रृखंला कहिले रोकिने हो ? निर्मला पन्तको वलात्कार र हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी मुद्दा किन चलाईएको छैन् ?

२२. रक्षामन्त्री र रक्षासचिवले बेग्ला–वेग्लै वक्तव्य दिने हो कि ? सेना प्रमुखले आफै दिने हो ?

२३.  काठमाडौंमा अवस्थित बाटो घाटो ३ महिनाभित्र बनिसक्ने मन्त्रीज्यूले भन्नुभएको थियो, ३ महिना बितिसक्यो अब कहिले बन्छ ?
२४.  मेलम्चीको खानेपानी कहिले खान पाउने काठमाण्डौं बासीले ? मन्त्रीले दिएको समय सिमा त कटेको कट्यै छ ?

२५. जर्मनीको बोनमा अलपत्र अवस्थामा रहेको पुराना दुतावास भवनको उपयोग गर्नेतर्फ सरकारको ध्यान किन अझैसम्म गएको छैन् जवाफ चाहियो ?

२६. ब्रिटिस सेनाबाट सेना निवृत्त भूतपूर्व गोरखा सैनिकहरुले आफूहरु उपर भेदभाव भएको भनी लामो समयदेखि आन्दोलन गरिरहेका छन् । उनीहरुको हक हितबारे नेपाल सरकारले किन उच्च स्तरमा ब्रिटिस सरकारसँग वार्ता गर्न सकेको छैन् ?

२७.  के नेपाल महाशक्ति राष्ट्र अमेरिकाको स्वार्थ अनुकुल छिमेकी राष्ट्र चीन बिरुद्ध प्रयोग हुन खोजेको हो ? यदि होईन भने १७ बर्षपछि अमेरिकी बिदेशमन्त्रीको निमन्त्रणामा अमेरिका जानु र द्धिपक्षीय वार्तामा भएका बिषयहरु फरक–फरक ढंगले बाहिर आउनुले नेपालको असंलग्न नीतिप्रति नै प्रश्न उठेको छ । के नेपालले असंलग्न परराष्ट्र नीति छोडेको हो ?

२८.  पानी जहाजको टिकट कहिले र कहाँ पाईने हो ? प्रधानमन्त्रीले २०७५ पौषको समय सिमा दिनुभएको थियो तर समय पनि कटिसकेको छ ।

यी यावत प्रश्नहरुको जवाफ वर्तमान ओली सरकारले सदनमा र नेपाली जनतालाई दिनै पर्दछ ।

(डाक्टर डिला संग्रौला प्रतिनिधि सभा सदस्य हुन् )

 

Avatar

Next Story