वडा कार्यालय स्थापनाका लागि नगरपालिकालाई साँढे दुई करोडको जग्गा प्रदान

  • ३ माघ २०७५, बिहीबार ०६:५६
  • 2366 Views
Radin NRN

सोम दियाली, सर्लाही । सर्लाहीको हरिवनमा समाजसेवी केसी परिवारले वडा कार्यालय स्थापनाका लागि साँढे दुई करोड मूल्य बरावरको जग्गा दान गरेका छन् ।

नगरपालिकाको वडा नम्बर ९ को नयाँरोडमा वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकी स्थापनाका लागि सोही ठाउँ निवासी स्वर्गिय नैन वहादुर खत्रीको स्मृतिमा उहाँकी श्रीमती नरेन्द्र कुमारी खत्री, बुहारी शुभद्रा केसी, छोराहरु डा.भोगेन्द्र केसी, टोलगेन्द्र केसी, वेदगेन्द्र बहादुर केसी लगायतका केसी परिवारले चलन चल्तीको मूल्य अनुसार २ करोड ५० लाख मूल्य पर्ने जग्गा निःशुल्क दान गर्नु भएको वडा अध्यक्ष सीताराम पोखरेलले बताउनु भयो ।

वडा कार्यालय स्थापनाका लागि जग्गाको अभाव भएको थाहा पाए पछि आफुहरुले परिवारमा सल्लाह गरेर हरिवन (ख) को कित्ता नम्बर ८६७ बाट ५ कट्ठा जग्गा छुट्याई नगरपालिकाको नाममा पास गरि दिएको स्वर्गिय नैन बहादुरका नाती अनिल केसीले बताउनु भयो ।


वडा कार्यालयले आज वडामा जग्गादातालाई सम्मान गर्न आयोजित कार्यक्रममा केसी परिवारले जग्गाको लालपूर्जा नगरपालिकाका मेयर गणेश प्रसाई, उपमेयर रेणुका पौडेल, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, वडा अध्यक्ष सिताराम पोखरेललाई हस्तान्तरण गर्नु भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले वताउनु भयो ।


कार्यक्रममा बोल्दै नगरप्रमुख गणेश प्रसाईले नगरपालिकाका विकासमा नगरवासीको सहयोग महत्वपूर्ण रहेको भन्दै वडा नम्बर ९ मा वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकी करोडौं मूल्य पर्ने जग्गा निःशुल्क दिने नरेन्द कुमारी खत्री परिवारलाई धन्यवाद व्यक्त गर्नु भयो ।

Avatar

Next Story