ने.बि. संघ हुम्लाको १२ औ अधिबेसन सम्पन्न, अध्यक्षमा जैशी ।

  • २७ मंसिर २०७५, बिहीबार १९:४३
  • 7150 Views
radionrn

जनक बहादुर शाही, हुम्ला :- नेपाल बिद्यार्थि संघ जिल्ला कार्य समिति हुम्लाको १२ औ अधिबेसन सम्पन्न भएको छ । मंसिर २५गते बाट सुरु भएको अधिबेसन धर्मराज जैशीको अध्यक्षतामा १९ सदसीय जिल्ला कार्य समिति र २७ जना प्रदेश अधिबेसन सदस्य चयन गरी आज सम्पन्न भएको केन्द्रिय प्रतिनिधि एबं ने.बि.संघका केन्द्रिय सदस्य पुर्ण बहादुर शाहीले बताए ।

जिल्लाका बिद्यार्थिहरु बिच २ दिन लामो बृहत छलफल पछि २ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व सर्बसम्बत चयन गर्न सफल भएको निबर्तमान अध्यक्ष जीवन बोहोराले बताए ।

यसैगरी नयाँ निर्बाचित कार्य समितिमा छिरीङ सुनाम लामा उपाध्यक्ष, बिनोद लामा सचिब, दलसरा परीयार कोषाध्यक्ष र सदस्यमा सुरबिर रावत,कबिन्द्र शाही, हिमाल लामा, संजय लामा, सुनाम लामा, जीबन बुढा,मणीराजशाही , हीसी लामा, लोकजंग रोकाया, सुर्य बहादुर सिंह, दिपेन्द्र भण्डारी, कुम्भ फडेरा,नरजंग शाही, बसन्ती शाही, लोकेन्द्र हमालर जुदास सिंह निर्बाचित भएका छन ।

ने.बि.संघको बिधान अनुसार बिगतमा जिल्ला अधिबेसनबाटै केन्द्रिय प्रतिनिभि छनोट गर्नु पर्ने प्राबधान भएपनि संघियता लागु भएसंगै प्रदेश अधिबेसनका लागि जिल्लाबाट र केन्द्रयी अधिबेसनका लागि प्रदेश अधिबेसनबाट प्रतिनिधि छनौट गर्ने ब्यबस्था रहेको केन्द्रिय प्रतिनिधि शाहीले बताए ।

३ बर्ष देखि बिबादित रहेको जिल्ला कार्य समिति नयाँ नेतृत्व चयन संगै बिबाद समधान भएको छ । आजै भएको घोषणा सभामा बोल्ने अधकांस बिद्यार्थि नेताहरुले तेरो मेरो नभनि एकढिक्का भएर संगठन बितारमा लाग्ने बताएका छन ।

Avatar

Next Story