सभापतीले चाहे सातौ अधिवेशन पक्का हुन्छ (भाग २)

  • १८ कार्तिक २०७५, आईतवार ०८:४०
  • 4030 Views


बिश्वबन्धु भण्डारी

यदुराम सापकोटा
जापान
हामी नेपाली जनसम्पर्क समिती जापान को सातौ अधिबेसन पछ्याउने क्रममा छौ।छैठौ अधिबेसनबाट बिभाजित भैई जसो तसो मिलेका हामी सबैको अझै पनि मनभित्रबाट तिक्तता हटिसकेको अवस्था छैन।तिक्तता हटाउने गरी हाम्रा नेतातहमा त्यस्तो कुनै प्रयास नै भएको छैन,हामी कार्यकर्ता ले चाहेर मात्र सबै संभव नहुने रहेछ।बाहीर केही नभने पनिछैठौ अधिबेसनबाट बाझिएका कतीपय हाम्रा नेताहरु ले पर्खी तँलाई सातौ अधिबेसनमा देखाईदिन्छु भन्ने सोचाई मनमा पालेर बस्नुभएको छ।संभवत यस्तै प्रबृतीलाई होला हाम्रा कांग्रेस नेता प्रदिप गिरीले कांग्रेसमा गुट हैन गिरोह छ भनेर पार्टीको १३ औ महाधिबेसन मा पत्रकार सँग ईन्टरभ्यु मा भन्नुभएको थियो,जापानको कांग्रेसमापनि ठ्याक्कै त्यस्तै छ भनेर लेखिरहन सायद नपर्ला।अब छैठौ अधिबेसन को समय नजिकिदै गर्दा यही कारणले अधिबेसन फेरी प्रभावित हुनसक्छ।आफु अनुकुलको ब्यक्ती सभापती बन्ने स्थिती आए अधिबेसन गर्ने नभए समय धकेलेर जाने प्रबृती बिगतमा भोगेर आएका छौ,तर यसपाली सभापती र नेत्रित्वले अधिबेसनबाट को सभापती बन्ने संभावना छ सोच्नु पनि हुदैन,अधिबेसन समयमै सफल बनाउछु सभापती जो सुकै बनोस् भनेर सभापती लाग्ने हो सभापतीको दिलभित्र अधिबेसन मात्र हुने हो भने सातौ अधिबेसन सफल हुन्छ।
हामी बिधानले भनेको समय सिमा नाघेर अगाडी बढेको अवस्था छ,बिधानले केन्द्रको अधिबेसनको ३ महिना पहिला क्षेत्रको अधिबेसन गरिसकेको हुनुपर्छ भनेको छ तर केन्द्रको कार्यकाल सकिन १ महिनामात्र बाकी हुदाँ पनि केही क्षेत्रका अधिबेसन हुन सकेका छैनन,त्यतीमात्र हैन बिधानले क्षेत्र र केन्द्र दुबैतिर २ बर्षको कार्यकाल तोकेको छ तर जुन क्षेत्रको अधिबेसन भएका छैनन ति २ बर्ष हैन ४ साढे ४ बर्ष सम्म अधिबेसन गर्न सकेका छैनन,४ बर्ष सम्म कुनै सामाजिक राजनितीक गतीबिधी गरेको भएपनि ४ बर्ष अधिबेसन नभएर के भयो र काम त गरेका छन भनेर चित्त बुझाउनु हुन्थ्यो तर त्यो केही पनि छैन गतीबिधी काम कर्तब्य शुन्य पनि हैन माईनस छ।यसबाट के प्रस्ट हुन्छ भने अधिबेसनमा भोट पाउन गराईएका यि क्षेत्रहरुलाई अगाडी देखाएर फेरी अधिबेसनको समय धकेलिने छ।
मैले यो लेख्दै गर्दा हचुवाको भरमा लेखेको हैन मँसग पनि केही अनुभव छ।मैले २०१६ देखी २०१८ सम्म कान्तो क्षेत्रिय समितीको सभापती भएर काम गर्दै गर्दा सफल असफल के भैयो त्यो म आफुले बताउने चिज हैन अरुले मुल्याङ्कन गर्ने हो।तर मैले आफ्नो कार्यकाल बिधानले दिएको समयमै हस्तान्त्रण गर्नुपर्छ भन्नेमा अडीक रहिरहे।बिधानले दिएको समय अगस्ट मा सकिदै थियो,मैले बिधान अनुसार नै अगस्टमै अधिबेसन गराउने निर्णय मनबाट गरिसकेको थिए र त्यही प्रस्ताब केन्द्रिय समितीमा राखे, केन्द्रिय समितीले सबै क्षेत्रको अधिबेसन सकेर कान्तो को गरौ भनेको आग्रहलाई म आफुले ठिकै छ भनेर अधिबेसन २ महिना पछी गर्ने एकल निर्णय गरे,त्यो निर्णय गर्दा केन्द्रिय समितीले मँसग सेप्टेबर अन्तिम दिनसम्म अन्य ८ ओटा क्षेत्रको अधिबेसन गरिसक्ने वाचा गरेको थियो,तर त्यो वाचा ५ महिना बितीसक्यो पुरा भएको छैन।तर म आफुले आफ्नो क्षेत्रको अधिबेसन सम्पन्न गरिसकेको छु,अधिबेसन सफल गराउन सबैको साथ सहयोग छ तर कसैको चाहाना कान्तो क्षेत्रको अधिबेसन पछाडी सारीदिए हुन्थ्यो भन्ने थियो,केन्द्रबाटै कसैबाट नगर्न म र मेरो कार्यसमितीका कसैलाई आग्रहपनि थियो।कार्यसमितीमै पनि अधिबेसन समयमै गराउनु पर्छ भन्ने र त्यसै अनुसार काम गर्ने शक्ती को अभाव थियो तर म कती बिचलित र प्रभावित नभईकन अधिबेसन गराउछु भनेर लागिरहे,नत कसैको कुरा सुने नत कसैलाई बनाउछु भनेर लागे ,मात्र समयमै अधिबेसन गराउछु भनेर मात्र म एकओहोरो लागि रहे,१००० जना सदस्य रहको क्षेत्रमा यसरी एकओहोरो लागेर अधिबेसन बनाउन त्यती सहज अवश्य हुदैन तर सभापतीको दिलभित्र अधिबेसन सफल बनाउछु भन्ने भयो भने अधिबेसन लाई कार्यसमितीका पदाधीकारी सदस्य,पुर्व सभापती हरु कसैको बलले पनि रोक्न सक्दैन।यो मेरो सानो अनुभव हो।
त्यसैले मलाई लाग्छ सभापती ज्युले दिलभित्रबाटै अधिबेसन सफल बनाउछु भनेर लाग्नुभो भने ,भोली सभापती को बनाउने भनेर मनमा पाल्नुभएन भने,भोलीको कुनै गुटगत या कुनै स्वार्थ मा अल्मलिनु भएन भने सातौ अधिबेसन सफल हुनेछ र जनसम्पर्क समिती जापान पहिला जस्तै ट्रयाकमा फर्किने छ। क्रमश:
अर्को भागमा : उपसभापति भएकै आधारमा सभापतिको दावेदार बन्न नमिल्ने
(लेखक सापकोटा नेपाली जनसम्पर्क समिती जापान कान्तो क्षेत्रका नि वर्तमान सभापति हुन् यो उनको निजी विचार हो अन्यथा भएमा हामी ज़िम्मेवार हुनेछैनौ :सम्पादक
भाग १ पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्

जनसम्पर्क समिती जापानको अधिबेसन असफलतामा ह्याट्रिकको संकेत : भाग १

Avatar

Next Story