उपभोक्तावादी भन्छन् : उद्योग मन्त्रीको मिलेमतोमा महगींले सिमा नाघ्यो

  • २३ आश्विन २०७५, मंगलवार १३:३९
  • 5096 Views


Radin NRN

लक्ष्मी बिसी, काठमाण्डौ,चाडपर्व नजिकिए संगै बजारमा दैनिक खाद्य वस्तुको मुल्य आकासिएको छ । सरकारको मिलेमतोमा नै महगी बढेको उपभोक्ताहरुको गुनासो छ । नामतौलमा ठगी गर्दै ब्यापारीहरुले चाडबाडका समयमा अखाद्य वस्तुहरु विक्री वितरण गरिरहेका छन् । चिनी, मैदा, तेल लगाएतका दैनिक उपभोग्य वस्तुहरुमा मुल्य वृद्धि भएपनि उपभोक्ताहरु मारमा परेका छन् ।

उपभोक्ता बादी नेता ज्योती बानियाका अनुसार चाडवाडमा उपभोग्य वस्तुको मुल्य बृद्धि हुनुमा उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादव नै जिम्मेबार छन् । मन्त्रीकै मिलेमतोमा ब्यापारीहरुले चाडपर्वको समयमा दैनिक उपभोग्य मालसामानको मुल्य बढाएको उहाँको आरोप छ । पदमा बसेर जनताको ढाड सेक्ने गरि मुल्य वृद्धि गरिएको भन्दै उहाँले मन्त्री र ब्यापारीमा फरक छुट्याउन नसकेको बताउनुभयो ।

दशै, तिहार, छठ लगाएतका पर्व नजिकए संगै ब्यापारीहरुले मुल्य वृद्धि गर्दा उपभोक्ताहरु मारमा परेका हुन्  । चाडपर्वका बेलामा २० देखी ५० प्रतिशत सम्म मुल्य बढेको उपभोक्ताहरुको गुनासो छ । ईन्धनमा मात्र ८ महिनामा ९ पटक मुल्यवृद्धि भएको देखिन्छ । जसका कारण मूल्यवृद्धि भएको व्यापारी बताउँछन् ।

तर यता, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले यस बारेमा थाहाँ नभएको बताउँछ । मन्त्रालयका निर्देशक रघुनाथ महत बेलाबखत बजार अनुगमन गरि सचेत गराई रहेको दाबी गर्नुभयो ।

यसपटक मात्र होइन । प्रत्येक वर्ष चाडबाडका बेला मुल्यवृद्धि हुने गरेको र कालो बजारी भएको भन्दै गुनासो आइरहेकै हुन्छ । तर यसको यथोचित सम्बोधन भने भएको पाईदैन ।

Avatar

Next Story