जेलमै दादागिरी

  • १८ आश्विन २०७५, बिहीबार १७:१०
  • 4511 Views


Radin NRN

काठमाडौं । अपहरणको मुद्धामा पाँच बर्ष देखि सजाय भुक्तान गरिरहेका सिर्जन यादवले केन्द्रीय कारागारका रुपमा रहेको नख्खु जेलभित्रै दादागिरी चलाएका छन् । कारागार प्रशासनसंगको मिलेमतोमा सिर्जनले कारगारभित्रै अबैध धन्दा पनि चलाएका छन् । कारागारमा रहेका तीनवटा ब्लक मध्य डिआरसि ब्लकका नायिके रहेका उनले तीनवटै ब्लकका कैदी बन्दीसंग बिभिन्न रकम असुल्ने गरेको एक बन्दीको गुनासो छ ।

माओवादी निकटका यादवले गृहमन्त्री र मातृका यादवको हवाला दिदै जेलभित्रै ज्यादती गरेको पीडित कैदीहरु बताउँछन् । कारागारका एक कैदीले नाम नखुलाउने सर्तमा भने,‘नायिके यादवले आफु तिन वटा जेल भित्रको राजा भएको भन्दै धम्काउने, कैदिहरुलाई सरुवा गर्ने लगायतको धम्की दिनुका साथै रासन पानिमा घोटला गर्ने गरेको छ ।

हामी निकै पीडामा छौं ।’चौकीदार तथा नायिकेको मिलोमतोमा किराना पसल, क्यान्टीन तथा फोनबाट लाखौको घोटाला हुने गरेको छ । कैदीहरुले घरमा फोन गरे वाफत धेरै पैसा असुल्ने गरेको छ । बाहिर १ सय ५० पर्ने एउटा कोकको कारागार भित्र कैदिबाट २ सय ५० , बाहिर एक सय पर्ने सुर्य चुरोटको २ सय ५० , बाहिर १० रुपैंया पर्ने सागको मुठाको ३० रुपैंया, बाहिर १५ पर्ने अण्डाको २५ रुपैंया लिने गरेको छ । यसै गरी अन्य सामग्रीहरुमा पनि कमिसन लिने गरेको कैदी बन्दिहरु बताउँछन् ।

सुधार केन्द्रका रुपमा मानीने कारागार पछिल्लो समय पैसा लुट्ने ठाउँका रुपमा खडा भएको छ । कैदी बन्दिहरुले प्रशासनलाई पटक पटक जानकारी गराउँदा समेत कुनै चासो नदेखाएको कैदिहरुको गुनासो छ । आफुहरुले समस्या राख्दा आन्तरिक प्रशासन, चौकीदार र नायिकेले उल्टै कारागारबाट आर्को कारागारमा सरुवा गरिदिने, काबार्हि गर्ने लगायतका धम्कि दिने गरेको कैदीबन्दीहरु बताउँछन् ।

जसमा ७ सय ५० कैदीबन्दीहरु छन् । राजनीतिको आडमा सरकार पक्षको दम्व देखाउँदै नायिकेले कैदीहरुलाई दुःख दिनुका साथै आन्तरिक प्रशासन र चौकीदारको मिलोमतोमा भ्रष्टाचार गर्दै आएको छ ।

Avatar

Next Story