मेयरले हाने लेखा अधिकृतलाई झापड

  • ११ आश्विन २०७५, बिहीबार १९:१६
  • 6227 Views


radionrn

महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार शाहले लेखा अधिकृत पवनकुमार अधिकारीलाई झापड हान्नु भएको छ ।

कार्यालयको काममा ढिलासुस्ती भएपछि आक्रोशित मेयरले लेखा अधिकृत अधिकारीलाई झापड हानेको बताइएको छ । पटक–पटक मौखिक र लिखित निर्देशन दिँदा पनि अटेरी गरेपछि २ झापड हानेको मेयर शाहले स्वीकार गर्नु भएको छ ।

मेयरको व्यवहारले नगरपालिकाका कर्मचारी आक्रोशित भएका छन् । कर्मचारीहरुले मेयरमाथि कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र दिने तयारी गरेका छन् ।

Avatar

Next Story