चाडपर्वमा जनतालाई सरकारको उपहार, यातायातमा १० प्रतिशत भाडा वृद्धि

  • ८ आश्विन २०७५, सोमबार १३:१३
  • 10257 Views


Radin NRN

लक्ष्मी बिसी, काठमाण्डौ  सरकार र यातायात ब्यवसायीबीच भएको सहमति अनुसार सार्वजनिक यातायातमा  १० प्रतिशत भाडा बृद्धि भएको छ । चाडपर्वको समयमा सरकारले गाडीभाडा बढाएको भन्दै यसको आलोचना भएको छ । तर यता यातायात व्यवसायीले भने पेट्रोलियम पर्दाथमा भएको मूल्यवृद्धि समायोजन गर्न भनेको तर भाडा बढाउन नभनेको बताएका छन् ।

पटकपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको भन्दै यातायात व्यवसायीले दशैंका लागि अग्रीम टिकट बुकिङ खुला नगरे पछि सरकारले यातायातमा भाडा वृद्धि गरेर व्यवसायीलाई खुसी पार्ने काम गरेको छ । तर यसबाट सर्वसाधारण भने मारमा परेका छन् । यातायात क्षेत्रमा भाडावृद्धि भएपछि यसको असर समग्र बजारमा पर्ने पक्का छ ।

भाडावद्धिका विषयमा कांग्रेस निकट नेपाल महिला संघ देशब्यापी रुपमा आन्दोलमा उत्रिएको छ । देशब्यापी आन्दोलन गर्दै महिला सघंले हिजो सरकारलाई ज्ञापन पत्र समेत बुझाएकोछ । चाडपर्वकोे बेला सर्वसाधरणलाई ढाँड सेक्ने गरि मुल्य वृद्धिले नागरिकलाई समस्यामा पारेको नेपाल महिला संघका केन्द्रिय अध्यक्ष उमा रेग्मीले बताउनुभयो । सरकार अराजक भइरहेको भन्दै उहाँले छिटो भन्दा छिटो मुल्य वृद्धि फिर्ता लिनुपर्ने उहाँको भनाई छ । सांकेतिक विरोध मात्र गरेका छौ सरकारले माग सुनुवाई नगरे चरण बद्ध आन्दोलनमा जाने उहाँको भनाई छ ।

सरकारले अनुदान दिएर भएपनि पेट्रोलियम पर्दाथमा मूल्य वृद्धि गर्न नहुने आमनागरिकको भनाइ छ । तर यातायात व्यवसायीले आफूहरुले रहले नभएर बाध्यताले भाडा बढाउनु परेको बताउँछन् । भाडा बढाउने र दुई महिनाभित्र अध्ययन गरेर वैज्ञानिक भाडादर निर्धारण गर्ने सरकार र व्यवसायीबीच सहमति भएको छ । आफूहरुले भाडा बढाउन नभइ इन्धनको मूल्य समायोजन गर्न भनेको भएपनि सरकारले वेवास्ता गरेको नेपाल यातायात ब्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यको भनाई छ ।

चाडपर्वको मुखमा भाडा बढाउनु आफुहरुको रहर नभई बाध्यता रहेको भन्दै सरकारले नागरिकको हितको लागि काम नगरेको उहाँले बताउनुभयो । नेकपाको नेतृत्वमा सरकार बनेपछि ७ पटक इन्धनमा मूल्यवृद्धि भएको छ । तर २०७२ साल माघ यता यातायात क्षेत्रमा भाडा समायोजन भएको छैन । इन्धनमा मूल्य बढे पनि भाडामा भने समायोजन नभएको व्यवसायीको गुनासो छ ।

तत्कालिन समस्या समाधानका लागि भाडावृद्धि गर्नु परेको यातायात ब्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो । सर्वसाधरणलाई समस्या भएपनि सरकारले गरेको निर्णय हामीले पालना गर्ने हो प्रवक्ता उपाध्यायको भनाई छ । असोज ७ गते देखी भाडा बढाउने र दुई महिनाभित्र अध्ययन गरेर वैज्ञानिक भाडादर निर्धारण गर्ने सरकारको तयारी रहेको समेत उहाँले जानकारी दिनुभयो ।

यातायात व्यवसायीले बढेको पेट्रोलियम पदार्थको मूल्य नघटाएसम्म दशैंको अग्रीम टिकट बुकिङ नखोल्ने अडान लिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भाडा बढाउने सहमति जनाएको हो । त्यसो त यो अवधिमा कच्चि सडक ग्रावेल, ग्रावेल सडक पिच भईसकेका छन् । नियम अनुसार सडकको स्तरउन्नती भएपछि सो सडकमा भाडा पुनः समायोजन हुने पर्ने हो । यसतर्फ सम्बन्धीत निकायको ध्यान जान सकेको छैन । सरकारले तत्कालिक समस्या समाधान भन्दा पनि दिर्घकालिन समाधानका लागि उपयुक्त कदम चाल्नु पर्ने देखिन्छ ।

Avatar

Next Story