संसदका संयुक्त समितिको निर्वाचन असोज ७ मा

  • ४ आश्विन २०७५, बिहीबार १४:५७
  • 936 Views


Radin NRN

प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाअन्तर्गतको संयुक्त समितिको सभापतिको निर्वाचन यही असोज ७ गते हुने गरी मिति तय गरेको छ ।
सभामुख कृष्णबहादुर महराले निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गर्न सचिवालयलाई निर्देशनसमेत दिनुभयो ।
संसदीय सुनुवाइ समिति र राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व चयनका लागि मिति तय गरिएको हो । ती दुई समिति सङ्घीय संसद्को संयुक्त समिति हो ।
यसैबीच राष्ट्रियसभाको आजैको बैठकले उक्त संयुक्त समितिमा रहने सदस्यको नामावली हेरफेर गरी सभापतिको निर्वाचनको विषयमा जानकारी गराएको थियो ।

Avatar

Next Story