बाँके: पाँच क्विन्टल भारतीय कुखुरा नियन्त्रणमा

  • ३ आश्विन २०७५, बुधबार १९:५६
  • 793 Views


Radin NRN

भिष्म लोध, बाँके । वडा प्रहरी कार्यालय नेपालगञ्जले पाँच क्विन्टल बोइलर कुखुरा पक्राउ गरेको छ । आज बिहान ६ बजेको समयमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं.–१३ परसपुरबाट सो परिमाणका कुखुरा प्रहरीले पक्राउ गरेको हो ।

भारतवाट अवैधरुपमा साइकलमा नेपाल ल्याउदै गरेको अवस्थामा वडा कार्यालद्धारा खटिएको प्रहरी टोलीले दुई जनासहित २०५ वटा व्रोइरल कुखुरा नियन्त्रणमा लिएको हो । पक्राउ परेका तथा कुखुरा पशु क्वारेन्टाइन नेपालगञ्ज पठाइएको छ ।

नियन्त्रणमा लिएको कुखुराको नेपाली वजार मुल्य एक लाख दस हजार पर्ने अनुमान गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक नारायण डाँगीले जानकारी दिनुभयो । पछिल्लो समय भारतीय क्षेत्रबाट कुखुरा आयत बढेको छ । खासगरी भारतीय क्षेत्रमा मुल्य सस्तो पर्ने भएको हुँदा अबैधरुपमा नेपाल ल्याउने क्रम बढेको हो ।

Avatar

Next Story