संविधान साझा दस्तावेज भएको प्रधानमन्त्रीको भनाई, आवश्यक परे संसोधन गर्न सकिने प्रतिक्रिया

  • ३ आश्विन २०७५, बुधबार १९:४३
  • 1989 Views


Radin NRN

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान नेपालीलाई सार्वभौमसत्ता सम्पन्न बनाउने सबैभन्दा प्रगतीशील दस्तावेज भएको बताउनुभएको छ । संविधान दिवसको अवसरमा मुल समारोह समितिले राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएकाले मुलुकलाई बलियो, समृद्ध र मर्या्दित बनाउने विश्वास व्यक्त गर्नुभएको हो ।

संविधानमा आवधिक निर्वाचन, मानवअधिकार, कानूनी राज, नियन्त्रण र सन्तुलन सहितको शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेको उहाँले बताउनुभयो । संविधानमार्फत संवैधानिक सर्वोच्चतासहितको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापना गरिएको बताउँदै प्रधानमन्त्री ओलीले कतिपय मिल्न नसकेका कुरा संसोधन गर्न सकिने पनि वताउनुभयो । यस्तै सुदृढ लोकतन्त्रमा प्रयोगमा आएका लोकतन्त्रका विश्वव्यापी सबै अवयवलाई संवैधानिक रुपमा नै सस्थागत गरेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले समृद्धि राष्ट्रिय संकल्प भएकाले सबै राजनीतिक दलका नेता र जनतालाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान पनि गर्नुभयो । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०७५ अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी प्रदर्शन, भएको छ ।  काठमाडौँ उपत्यका बाहिरका प्रदेशका राजधानीमा पनि दिवशका अवसरमा कार्यक्रम सम्पन्न भएका छन् ।

यसैबिच, सरकारले संविधान दिवसको अवसर पारेर आर्थिक, ब्यवसायिक तथा सहकारीसँग सम्बन्धित ब्यक्तिहरुलाई पदक दिने घोषणा गरेको छ । सरकारको घोषणाअनुसार सहकारी आन्दोलनका अगुवा केशव बडाललाई सुप्रवल जनसेवा श्री तृतीय, उद्यमीहरु हरिभक्त शर्मा, हेमराज ढकाल, देवीप्रकाश भट्टचन, मीनवहादुर गुरुङ, लोकमान्य गोल्छा र राजेन्द्र मल्ललाई सुप्रवल जनसेवा श्री तृतीय दिइने भएको छ ।
घोषणा गरेका पदक राष्ट्रपतिले वितरण गर्ने बताइएको छ ।

त्यस्तै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, चन्द्रागिरी हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाह, कृषि सहकारीकी मीना ढकाल, उद्यमी निरु पुलामीले प्रवल जनसेवा श्री चतुर्थ पाउने भएका छन् । यो पदक होटल संघ नेपालका अमरमान शाक्य, ललितपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अमरमान जोशी, रत्ननगर टाँडीका ब्यवसायी दीपककुमार कर्मचार्य र यादवप्रसाद पाण्डेलाई पनि दिइने भएको छ ।

यता, प्रमुख राजनैतिक दलका युवा संगठनहरुले माइतीघर मण्डलामा नेपालको झण्डा राखेका छन् । युवा संगठनहरुले संविधान दिवशको अवसर परेर नेपालको राष्ट्रिय झन्डा राखेका हुन् । नेकपाका युवा संघ र वाईसीएल, नेपाली कांग्रेसको तरुणदल र नेपाल देशभक्त युवा समाजको संयुक्त पहलमा माइतीघरमा रहेको पुरानो झन्डा फेर्दै झन्डा फहराउने नयाँ संरचनामा झण्डोत्तलन पनि भएको छ ।
१ सय फिट लामो स्टीलको पोल गाडी झन्डै ३० फीट लामो झन्डा फहराइएको छ । यस अघि पनि नेपाल देशभक्त युवा समाजले २०७३ माघ १६ गते शहिद दिवसको अवशर परेर १० मिटर अग्लो र साढे ७ मिटर चौडाईको नेपाली झण्डा राखेको थियो ।

तत्कालीन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयुक्त रुपमा झण्डोत्तलन गर्नुभएको थियो । उता, देशैभरि संविधान दिवसका अवसरमा देशैभरि विभिन्न कार्यक्रमको आयोजना भइरहेको बेला प्रदेश २ भने सुनसान रहेको छ ।  संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा प्रदेश २ को सरकार गठन भएको छ । त्यो सरकारलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सहयोग गरेको छ ।  यद्यपि सरकारको नेतृत्व गरेका फोरम नेपालका प्रदेशका मन्त्री तथा सांसदहरु कुनै पनि कार्यक्रममा सहभागी भएका छैन ।

सरकारी स्तरबाट प्रदेश तथा स्थानीय तहमा संविधान दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरि मनाइरहेको छ तर त्यसमा फोरम नेपालका तर्फबाट जनप्रतिनिधि बनेका कोही पनि सहभागी भएनन् ।  राजपा नेपालले संविधान दिवसको विरोधमा कार्यक्रम नै आयोजना गरेको छ । यता फोरम नेपालका प्रदेश २ समितिले भदौ ३१ गते एक विज्ञप्ति जारी असोज ३ गते कालो दिवस मनाउने निर्णय गरेको थियो ।

Avatar

Next Story