यौन दुर्व्यवहार बाट बच्न आत्मरक्षा सम्बन्धी विधिहरुको प्रयोग र महत्व बढ्दै

  • ३ आश्विन २०७५, बुधबार १२:४४
  • 17069 Views


Radin NRN

लक्ष्मी बिसी, काठमाण्डौ  पछिल्लो समय यौन दुर्व्यवहारका घटनाहरुमा वृद्धि भइरहेका छन् । यातायातका साधन, बाटो , कार्यालय लगाएतका स्थानमा महिलाहरु यौन हिंसामा पर्ने गरेका छन् । एक्कासी महिलाहरु माथी आक्रमण गरि यौन हिंसा गर्न खोज्ने संग प्रतिकारमा उत्रन नसक्दा महिलाहरु विभीन्न दुर्घटनामा गर्ने गर्दछन् । आफुमाथी कसैले आक्रमण गरे प्रतिकारमा उत्रन सक्ने कोहलपुरकी लुना बुढाथोकीको आत्मविस्वास बढेको छ । आत्मरक्षा सम्बन्धी तालिम लिए पश्चात आत्मविस्वास बढेको उहाँले बताउनुभयो ।

उहाँको भनाई जस्तै आपतकालिन समयमा आफु माथी आक्रमण भयो भने कसरी बच्ने, भाग्ने भन्ने कुराको ज्ञान नहुदा कुस्ती, कराते खेलेका खेलाडी महिलाहरु पनि आक्रमणको सिकार भइरहेका छन् । महिला माथी कु दृष्टि भएकाहरु जुनसुकै बेला मौका पाउना साथ आक्रमण गरि यौन हिंसा गर्न सक्रिय हुने गरेका छन् । आफु संग भएको मोबाइल, साइकल, स्कुटी , बाइकको साचो , कलमको उचित ठाउँमा प्रयोग गरि प्रति आक्रमणमा उत्रन सक्नुपर्ने उहाँले बताउनुभयो ।

आत्मरक्षा तालिममा महिलालाई लड्न मात्र नभई मानसिक रुपमा तयार गरि आफुलाई सुरक्षित राख्ने विभीन्न तरिकाहरु सिकाउने गरिन्छ । जसका कारण म सक्छु भन्ने भावना महिलाहरुमा पलाउन थालेको छ । तालिमले महिलाको आत्मविश्वास बढाउदै आउने परिस्थितिको सामाना गर्न सचेत गराउने आत्मरक्षा तालिमका प्रशिक्षक गिरी बहादुर सुनारको भनाई छ ।

खेलाडी महिलाहरु समेत विभीन्न किसिमका यौन हिंसा र आक्रमणमा परेको भन्दै विभीन्न तरिकाको माध्यम बाट महिलाहरुले आफुलाई सुरक्षित राख्न आत्मरक्षा तालिमले सहयोग गरेको उहाँले बताउनुभयो । आत्मरक्षा तालिमले महिलाको आत्मविश्वासमा वृद्धि हुनुका साथै केही गरौ भन्ने भावनाको प्रस्फुटन हुने विश्वास ब्यक्त गर्नुभयो ।

पाठ्यक्रममा आत्मरक्षा सम्बन्धी विषय बस्तुहरु समावेश गरि शिक्षा दिन सके महिला माथी हुने यौन हिंसाका घटनाहरुमा कमी ल्याउन सकिने उहाँले बताउनुभयो । महिला पुरुष दुबैलाई यौन शिक्षाका बारेमा ज्ञान दिदै विद्यालय स्तर बाट शिक्षा दिन सके बालबालिकामा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको भनाई छ । शारीरिक व्यायाम, आत्मरक्षाका सीपहरु सिकेमा महिलाहरु आफु माथी हुने आक्रमण बाट बच्न सक्दछन् । बलात्कारकार लगाएत यौन हिंसाका घटनामा कमी ल्याउन प्रहरी प्रशासनले समेत सचेतना मुलक कार्यक्रम सन्चालन गर्ने तयारी थालेको छ ।

गत आर्थिक वर्षमा १ हजार ४ सय ८० बलात्कारको उजुरी परेको प्रहरीको तथ्यांकमा छ । महिला माथी हुने यौन हिंसाका घटना न्युनिकरण गर्न नेपाल प्रहरीले विद्यालय स्तरिय सचेतनामुलक कार्यक्रम सन्चालन गर्ने तयारी गरेको प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिनुभयो । उमेर समुह अनुसार आत्मरक्षा सम्बन्धी तालिम सन्चालन गरि सचेतना फैलाउने उहाँको भनाई छ ।
महिलामाथि यो समय र यो स्थानमा यौन हिंसा हुन्छ भन्ने थाहा हुँदैन ।

तथ्यांक अनुसार आफन्तबाटै उनीहरु बढी असुरक्षीत छन् । विद्यालय स्तरबाटै पाठ्यक्रममा आत्मरक्षा सम्बन्धी विषय बस्तुहरु समावेश गरि शिक्षा दिन सके महिला माथी हुने यौन हिंसाका घटनाहरुमा कमी ल्याउन सकिने विज्ञहरु बताउँछन् । अर्को तर्फ शारीरिक व्यायाम, आत्मरक्षाका सीपहरु सिकेमा महिलाहरु आफू माथी हुने आक्रमण तथा यौन हिंसा बाट बच्न सक्दछन् ।

Avatar

Next Story