हुम्लाको तिल गाउँमा ७ बजेपछि घर छिर्न प्रतिबन्ध, पत्रकार समेत भोकभोकै रातभरी खुलाआकाश मुनी बास

  • ३० भाद्र २०७५, शनिबार १०:२२
  • 6383 Views


radionrn

जनक बहादुर शाही, हुम्ला :- समुन्द्रि सतहबाट ३ हजार ९ सय ३३ मिटर उचाईमा रहेको लिमिको तिल गाउँमा साँझ ७ बजेपछि जोसुकैलाई घर छिर्न प्रतिबन्ध लगाइएको छ । हुम्लाको उत्तरी तिब्बतको सीमासँग जोडिएको नाम्खा गाउँपालिका ६ तिल गाउँमा ७ बजेपछि जोसकैलाई घर छिर्न प्रतिबन्ध लगाइएको छ ।

सुन्दा अचम्म लाग्न सक्छ यो यर्थाथत नै हो । यो गाउँमा अधिकांश महिला, बुढापाका र बालबालिकाहरु यो समयमा बस्दै आएका छन । ४५ घरधुरी रहेको तिल गाउँमा ७ बजेपछि जोसुकै मानिसहरु आएपनि घर भित्र पस्न नदिने निर्णय गरिएको नाम्खा गाउँपालिका ६ की भुटिक तामाङले बताइन । घरकै परिवार समयमै नआएपछि घरमा छिर्ने अनुमति नभएको तामाङको छ । ७ बजे भन्दा पछि जोसुकै आएपनि झयालबाट हेर्ने झयाल बन्द गरी बस्ने प्रचलन रहेको पाइएको छ । जिल्लाकै उत्तरी तिब्बतसँग जोडिएको अनाकन्टर बस्ती भएकोले यहाँका स्थानीयहरुलाई राम्रो संग नेपाली भाषा बोल्न पनि सक्दैनन ।

तिल गाउँका स्थानीयहरुको मुख्य आम्दानीको श्रोत पशुपालन व्यवसाय भएपनि पछिल्ला केही वर्ष यता ब्यापार ब्यबसमयका लागि तिब्बतको ताक्लाकोट निस्कने गरेको पाइन्छ । खेति योग्य जमिन कम भएपछि अधिकाश तिब्बतको ताक्लाकोट, केही मानिसहरु चौरीगाई गोठाला त कोही च्याग्रा भेडा पालनका लागि लेखतिर निस्केपछि गाउँमा बुढापाकाहरु बालबालिका महिला मात्रै बस्ने गरेका छन ।

गाउँमा पुरुष नबस्ने भएपछि बाहिरबाट आएका मानिसबाट चोरी हुने, महिलामाथी बलत्कारका हुने र भुत प्रेतको डरका कारण ७ बजेभन्दा पछि आउने कोही कसैलाई पनि घरको ढोका नखोल्ने निर्णय भएको तिल गाउँकी पेमा डोल्कार तामाङले बताइन । ७ बजे पछि आफ्नै घरको सदस्य भएपनि ढोका नखोल्ने गनले बताईन ।

समचार संकलनका लागि तिल गाउँ पुगेका पत्रकार भोकभोकै रातभरी खुलाआकाश मुनी
सुन्दा अचम्मै लाग्ला समचार संकलनका लागि गएका पत्रकारले पनि भोकभोकै खुला आकास मुनी रात बिताए । यो साँचो हो हुम्ला जिल्लाको नाम्खा गाउपालिका ६ लिमिको तिल गाउमा साँझ ७ बजे पछि बाहीरको बटुवाको त कुरै छोडौ आफ्नै घरको सदस्यले पनि घरभित्र पस्न पाउदैनन् ।

धैरै पहिले गाउमा चोरी हुने र महिला बलात्कृते भएपछि त्यती बेलाका बुढापाखाले ७ बजेपछि कसैलाई पनि घरभित्र पस्न नदिने निर्णय गरी बसालेको थिती (नियम) अहिलेको पुस्ताले त्यसलाई तिल गाउका अगुवा छिरीङ पाल्जोर लामाले बताए । लिमी महत्सवको अवसरमा हिल्साबाट ६ घण्टाको पैदल पछि बेलुका सावा ८ बजे तिल गाउँ पुगेको नेपाल पत्रकार महांसघका अध्यक्ष सहित ३ जना पत्रकार गाउँमा घरको ढोका नखोलेपछि रातभरी भोकभोकै खुला आकास मुनी सुत्न बाध्य भएको नेपाल पत्रकार महासंघका अध्यक्ष अर्जुन बोहोराले बताए ।

गाउँमा बनाइएको नियम पालना गर्दै बत्ति बालेर बसिरहेका तिल गाउँमा बाँस पाउ भनेर आग्रह गरेपनि सुनेर पनि नसुने झै गरी ढोका बन्द गर्ने चलन रहेछ अध्यक्ष बोहोराले बताए । लिमीको तिल गाउँमा सावा ८ बजे पुगेपनि स्थानीयहरुले बाँस नदिएपछि रातभरी जाग्राम बस्नु परेको गोरखा पत्र दैनिकका जिल्ला संम्वादाता राजन रावतले बताए ।

गाउँमा बास नपाएपछि तिलबासीहरुको (ग्याङ ) हिउदमा चौरीका लागि घाँस सुकाउने घरमा ओढने ओछयाउने विना सुतेको र राति चिसोले सताएपछि कारोबार दैनिक हुम्लाका सम्वादाता रेशम राज रोकायाले आगो बालेपछि सहज भएको रावतले बताए । सदरमुकाम सिमकोट बाट आफुहरुले बोकेर लिएको डाईफुट खाएर रात बिताएको पत्रकारहरुले बताए ।

बेलुका ढोका नखोल्ले पनि बिहान भने घरमा बोलाएर खाना समेत खुवाएर पठाएको अध्यक्ष बोहोराले बताए । तिब्बतको सिमासंग जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको तिल गाउँ मात्रै नभई लिमिका हल्जी र जाँङमा पनि राति अवेर आउने बटुवालाई समस्या नै हुने गरेको छ । लिमी जाने बटुवालाई बास बस्नका लागि न त होटेल छ । नत गाउँमा राति ७ बजेपछि बास बस्नको लागि गाउँमा नै बाँस दिन्छन । यसैले बटुवाले बास पाउनका लागि साँझ ६ बजे भन्दा अगाडि लिमिका गाउमा पुग्नु पर्छ ।

Avatar

Next Story