संविधान संशोधनको विषयलाई पहिलो प्राथमिकतामा राख्ने राष्ट्यि जनता पार्टीको निर्णय

  • ५ असार २०७५, मंगलवार १५:२०
  • 1014 Views


radionrn

राष्ट्रिय जनता पार्टी, नेपालले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने स्पष्ट पारेको छ
राष्ट्रिय जनता पार्टी, नेपालको आज बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने विषयलाई प्राथमिकता नदिने निर्णय गरेको हो ।
सरकारमा जाने विषय पार्टीको प्राथमिकतामा नरहेको निष्कर्ष बैठकले निकालेको पार्टीका नेता वृशेषचन्द्र लालले जानकारी दिनुभयो ।
बैठकले संविधान संशोधनको विषयलाई भने पहिलो प्राथमिकतामा राख्ने निर्णय पनि गरेको छ । पार्टी समेत सहभागी रहेको प्रदेश २ को सरकारलाई प्रभावकारी बनाउन सक्दो पहल गर्ने निर्णय पनि गरिएको छ ।

राष्ट्रिय जनता पार्टीको हिजोबाट काठमाडौंमा सूरु भएको राजनीतिक समितिको बैठक पार्टीको विधान निर्माणमा केन्द्रित छ ।
आन्तरिक लोकतन्त्रसहित मजदुत संगठन निर्माण गर्नेगरी पार्टीको विधान निर्माणको काममा बैठक केन्द्रित भएको पनि नेता लालले जानकारी दिनुभयो ।
आसन्न महाधिवेशन र पार्टी संसदीय दलको नेता चयनका विषयमा ठोस निर्णय लिन पार्टीको राजनीतिक समितिको बैठक बोलाइएको हो ।

  • ताजा समाचार

ताजा समाचार

Image

पहिरोले हल गोरु र गाई बगायो

खोटाङ- खोटाङको जालपामा पहिरोले एक हल गोरु र एउटा गाई बगाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा

Image

स्थानीय सरकार संचालन सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम

रुकुम- स्थानीय जनप्रतिनिधि र वडा सचिवहरुलाई स्थानीय सरकार संचालन सम्बन्धी दुई दिने अभिमुखीकरण तालिम आईतबार

Image

जापनिजको माचुरि(चाडँ) मा नेपालीको मौलिक संस्कृति देखाईने

जापानमा क्रियाशील नेपाली साझा समाज,जापान को आयोजनामा आउँदो जुलाई २८ र २९ तारिख जापानीज समुदाय तथा अन्य विदेशी

Image

चिकित्सा शिक्षा विधेयकः फिर्ता लिन सकिँदैन-सरकार, माथेमा आयोगको सुझाव अनुसार हुनुपर्छ-कांग्रेस

चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध जुम्लामा आमरण अनशनरत त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीसँग

Image

ट्रम्पले युरोपेली संघमाथि मुद्दा हाल्ने सुझाव दिए : टेरिजा मे

बेलायतकी प्रधानमन्त्री टेरिजा मेले युरोपेली संघसँग सम्झौता गरिरहनुभन्दा उसमाथि मुद्दा हाल्न अमेरिकी